३ वडामा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

 बुधबार, मंसिर २०, २०८० | onlinenews

 

रामेछाप– सुनापति गाउँपालिकाको ३ वटा वडामा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्षको संयोजकत्वमा १९ देखि २१ सदस्यीय समिति गठन गरी वार्षिक कार्ययोजना तय गर्नुका साथै अभिमुखीकरण समेत गरिएको छ । सुनापति गाउँपालिकाको वडा नम्बर १ गुन्सीमा वडा अध्यक्ष धु्रवप्रसाद चौलागाईको संयोजकत्वमा गठन गरिएको समितिको सदस्य सचिवमा वडा सचिव टंकराज बस्नेत रहेका छन् । अन्य सदस्यहरुमा रीता धमला (कार्यपालिका सदस्य), वडा सदस्यहरु चन्द्रबहादुर तितुङ, डोल कुमारी तिमल्सिना भीमप्रसाद चौलागाई, अरुणकुमार यादव (स्वास्थ्य चौकी इन्चार्ज), सम्भुनारायण यादव (सामुदायिक स्वास्थ्य इकाई इन्चार्ज), सनेन्द्रकुमार यादव (अस्थायी प्रहरी पोष्ट बोजिनीका इन्चार्ज), कविन लामा (प्रधानाध्यापक), नानुका मगर (खानेपानी तथा सरसफाइ उपभोक्ता समिति) रहेका छन् ।

त्यसैगरी सुशिल गौतम (वडास्तरीय बाल संजाल), भिम तितुङ (होटल व्यवसायी), सविन चौलागाई (पसल व्यवसायी), सोम तितुङ (सामुदायिक वन उपभोक्ता समिति), टिकामाया मगर (महिला सहकारी) सुमित्रा लामिछाने (आमा समूह), सन्तोष गौतम (युवा क्लव) र अमृत भुजेल (युवा सञ्जाल) रहेको वडा सचिव टंकराज बस्नेतले जानकारी दिए । त्यसैगरी वढा नम्बर ५ खनियापानीमा वडा अध्यक्ष चित्रबहादुर मानन्धरको संयोजकत्वमा गठन गरिएको समितिको सदस्य सचिवमा वडा सचिव क्षितिज ज्ञावली रहेका छन् । सदस्यहरुमा हरीमाया श्रेष्ठ (कार्यपालिका सदस्य), वडा सदस्यहरु रामहरी जर्का, कमला विक, विनोद मण्डल (स्वास्थ्य चौकी इन्चार्ज), चन्द्र मानन्धर (सामुदायिक स्वास्थ्य इकाई इन्चार्ज), अस्थायी प्रहरी पोष्ट इन्चार्ज, रामबहादुर तामाङ (प्रधानाध्यापक), राजु लामा (युवा क्लब), टुलाराम श्रेष्ठ (खानेपानी तथा सरसफाइ उपभोक्ता समिति) रहेका छन् ।

त्यसैगरी सुशन लामा (बाल समुह), देवेन्द्र मानन्धर (होटल व्यवसायी), अस्मिता तामाङ (पसले), किरण श्रेष्ठ (महिला सहकारी), शान्ति मानन्धर (आमा समुह), उमेश मानन्धर (युवा संजाल), कृष्णकुमारी मानन्धर (महिला स्वास्थ्य स्वयंसेविका), सुर्यबहादुर मानन्धर (वित्तिय संस्था), कल्पना खड्का (महिला), सोनिया थापा (महिला) र गोपाल श्रेष्ठ (बुद्धिजीवि) रहेको वडा अध्यक्ष चित्रबहादुर मानन्धरले जानकारी दिए ।वडा नम्बर ३ हिलेदेवीमा वडा अध्यक्ष कुलबहादुर थिङको संयोजकत्वमा गठन गरिएको समितिको सदस्य सचिवमा वडा सचिव कृष्णबहादुर कटुवाल रहेका छन् । सदस्यहरुमा टासी लामा (कार्यपालिका सदस्य), वडा सदस्यहरु तारा कार्की, टेकबहादुर श्रेष्ठ, कमला जैरु रहेका छन् । त्यसैगरी बिरेन्द्रकुमार यादव (स्वास्थ्य चौकी इन्चार्ज), गीता विक (सामुदायिक स्वास्थ्य इकाई इन्चार्ज), शेरबहादुर बारम्कोटी (इलाका प्रहरी कार्यालय बेथान इन्चार्ज), मोहनकुमार थिङ (स्थानीय संस्था, तिलक बम (प्रधानाध्यापक), विक्रम लामा (खानेपानी तथा सरसफाइ उपभोक्ता समिति), राजु जोशी, सुशिल कार्की (बाल समूह), राकेश थिङ (होटल व्यवसायी), रजनी मोक्तान (महिला सहकारी), गीता श्रेष्ठ (आमा समूह), ईन्दिरा खड्का (महिला स्वास्थ्य स्वयंसेविका), लक्ष्मी श्रेष्ठ (युवा सञ्जाल) र मानबहादुर मगर (टोल सुधार समिति) रहेको वडा अध्यक्ष कुलबहादुर थिङले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय, राष्ट्रिय बैधानिक प्रावधान, पूर्ण सरसफाइका सूचकहरु, व्यक्ति, परिवार, समाज, विद्यालय, स्वास्थ्य संस्था, राजनैतिक दल, स्थानीय सरकारका भूमिका विषयमा छलफल भएको सहजकर्ता सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको काम, कर्तव्य र भूमिका विषयमा छलफल गर्दै वार्षिक कार्ययोजना समेत तय भएको छ । कार्यक्रम सुनापति गाउँपालिका र वडा कार्यालयहरुको समन्वय तथा सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरण ः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजनामा भएको थियो ।

प्रतिकृया

Add