नवजागरण सहकारीद्धारा संरक्षित पूँजी वितरण

 शनिबार, पुस १४, २०८० | onlinenews

 

रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूँजी आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ ।

नवजागरण साकोसले संरक्षित पूँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई रकम वितरण गरेको हो । सहकारी ऐन २०७४ ले बचत र ऋणको कारोवारका आधारमा संरक्षित पूँजी फिर्ता कोषको व्यवस्था गरेको छ । सोही अुनसार नवजागरण साकोसले गत वर्षको नाफाबाट सदस्यहरुलाई नियमित बचत र ऋणको कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको नाफा १ करोड १४ लाख १६ हजार ८ सय १४ बाट संरक्षित पूँजी फिर्ता कोषमा २० लाख ५९ हजार छुट्याइएको थियो । सोही कोषबाट सेयर सदस्यहरुलाई रकम वितरण गरेको हो । संरक्षित पूँजी फिर्ता कोषबाट सबैभन्दा बढी रकम ३० हजार प्रदान गरिएको थियो । ५ हजारमाथि रकम प्राप्त गर्ने शेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी चेक मार्फत रकम वितरण गरिएको थियो । सो कोषबाट प्रदान गरिएको रकम सम्पूर्ण शेयर सदस्यको सेयर बचत खातामा जम्मा गरिएको संस्थाले जनाएको छ । संस्थामा ऋण कारोबार गरी ऋण भाखा नघाएका सदस्यहरुले प्राप्त गरेको रकम भने जगेडा कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ । साथै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सोही कार्यक्रममा नवजागरण साकोसकोे बचत शिर्षकको भिडियो शुभारम्भ गरेका थिए ।

नवजागरण साकोस संरक्षित पुँजी फिर्ता कोषबाट आफ्नो सेयर सदस्यहरुलाई रकम प्रदान गर्ने रामेछापकै पहिलो साकोस बनेको छ । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रमको विशेष अतिथिमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ रहेका थिए ।

प्रतिकृया

Add