वृहत् रामेछाप महोत्सवमा स्थानीयलाई प्राथमिकता

महोत्सवको दोस्रो दिन ७ हजारले गरे महोत्सव अवलोकन

 शुक्रबार, पुस २७, २०८० | onlinenews

 

रामेछाप–रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष २६ गतेबाट सुरु भएको वृहत् रामेछाप महोत्सवमा स्थानीय उत्पाद, स्थानीय उद्योग र हस्तकलालाई प्राथमिकता दिइएको छ । आयोजकले रामेछाप जिल्लाका स्थानीय उत्पादन तथा उद्योगलाई निःशुल्क स्टल उपलब्ध गराइएको हो । स्थानीय उत्पादन, स्थानीय उद्योग तथा हस्तकला प्रवर्धन गर्ने उद्देश्यले निःशुल्क स्टल उपलब्ध गराइएको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले जानकारी दिए ।

त्यस बाहेक जिल्ला अस्पताल रामेछाप, नेपाल रेडक्रस सोसाइटी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र (ओमशान्ति) तथा इन्टरनेट प्रदायक कम्पनीहरुलाई पनि निःशुल्क स्टल उपलब्ध गराइएको अध्यक्ष थापा मगरले जानकारी दिए ।
महोत्सव स्थलमा १ सय २५ वटा स्टल निर्माण गर्ने स्टिमेट गरिएकोमा त्यतिले नपुगेपछि १ सय ४० वटा स्टलहरु निर्माण गरिएको अध्यक्ष थापा मगरले बताए । अझै स्टलको माग भएपनि ठाउँ अभावको कारण थप गर्न नसकिएको उनको भनाइ छ । निर्माण भएको सम्पूर्ण स्टलहरु बुकिङ्ग भइसकेको जानकारी दिदै अध्यक्ष थापा मगरले १ सय ४० स्टलहरु मध्ये ७९ वटा स्टलहरु निःशुल्क प्रदान गरिएको बताए ।

महोत्सव स्थलमा फ्रि इन्टरनेटको समेत व्यवस्था गरिएको अध्यक्ष थापा मगरले जानकारी दिए । अध्यक्ष थापा मगरका अनुसार नेपाल टेलीकम वल्डलिङ्ग र वेबसरफरले महोत्सव अवधिभरका लागि फ्रि इन्टरनेट प्रदान गरेका छन् । नेपाल टेलीकमले महोत्सव स्थलमा दुई स्थानबाट फ्रि वाइफाइ छोडेको नेपाल टेलीकमका प्राविधिक प्रदीप कार्कीले जानकारी दिए । साथै महोत्सव अवधिभर महोत्सव स्थलबाट नेपाल टेलीकमको सिमकार्ड समेत निःशुल्क वितरण गरिने कार्कीले जानकारी दिए । महोत्सव अवधिभर महोत्सव स्थलबाट सिमकार्ड फ्रि वितरण गरिने उनको भनाइ छ ।

महोत्सव स्थलमा स्थानीय उत्पादन, घरेलु उद्योग, दूग्ध उद्योग, हस्तकला, होटल, फेन्सी पसल लगायतका स्टलहरु राखिएको छ । त्यसैगरी महोत्सव स्थलमा मनोरञ्जनका लागि पिङ्ग लगायत बाल उद्यानको समेत व्यवस्था गरिएको छ । त्यसैगरी महोत्सव अवधिभर दैनिक रुपमा राष्ट्रियत तथा स्थानीय फरक फरक कलाकारहरुद्धारा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सवको दोस्रो दिन ७ हजार जनाले महोत्वसको अवलोकन गरेको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ । दोस्रो दिन राष्ट्रिय कलाकार रमेशराज भट्टराई, सूर्य पूर्वछाने मागर र कल्पना सुनुवारको सांगीति प्रस्तुत् रहेको थियो ।

प्रतिकृया

Add