पत्रकार विक सम्मानित

 मङ्लबार, माघ २३, २०८० | onlinenews

 

रामेछाप- “प्रेस चौतारी विशेष पत्रकारिता पुरस्कार २०८०” बाट पत्रकार लेखबहादुर विक सम्मानित भएका छन् । प्रेस चौतारी नेपालले वार्षिक रुपमा प्रदान गर्दै आएको “प्रेस चौतारी विशेष पत्रकारिता पुरस्का २०८०” विकलाई प्रदान गरिएको हो ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस तथा १४ वार्षिक साधारण सभा कार्यक्रमकाबिच पत्रकार विकलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठद्धारा सम्मा पत्र तथा ५ हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विगत एक दशकदेखि पत्रकारितामा क्रियाशील विक राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापका अध्यक्ष समेत हुन् । हाल विक रेडियो इनर्जी १०६.२ मेगाहर्जमा प्राविधिक प्रमुखको रुपमा कार्यरत छन् ।
सोही कार्यक्रमकाबिच प्रेस चौतारी नेपाल रामेछापले मातृ पार्टी नेकपा एमाले रामेछापको निर्माणाधीन पार्टी कार्यालय भवनको लागि सहयोग स्वरुप प्रेस चौतारी रामेछापको तर्फबाट २० हजार रुपैयाँ नगद समेत हस्तान्तरण गरेको छ ।

प्रतिकृया

Add