मन्थली नगर कपको तयारी पूरा

 मङ्लबार, माघ २३, २०८० | onlinenews

रामेछाप- बुधवारदेखि सञ्चालन हुने दोस्रो मन्थली नगर कप रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ । मङ्गलवार मन्थली नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । माघ २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १४ टिम खेलाडीहरु सहभागी हुने मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए ।

प्रतियोगिताको क्वाटर पाइनलसम्म बेस्टअप थ्री तथा सेमिफाइनल र फाइनल खेल बेस्टअप फाइबमा खेलाइने मन्थली नगर खेलकुद विकास समितिका सदस्य तथा प्राविधिक संयोजक शुक्रबहादुर माझीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताअन्तर्गत २६ खेलहरु हुने छन् । प्रतियोगितको विजेता टिमले एक लाख रुपैयाँ नगद साथै मेडल र ट्रफी प्राप्त गर्ने छन् । त्यसैगरी उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद साथै मेडल र ट्रफी प्राप्त गर्ने छन् भने तृतीय हुने टिमले ५० हजार रुपैयाँ नगद, मेडल र ट्रफी तथा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ नगद, मेडल र ट्रफी प्राप्त गर्ने छ ।
त्यसैगरी उत्कृष्ट खेलाडी तथा विधागत रुपमा समेत मेडल तथा नगर पुरस्कारको व्यवस्था गरिएको मन्थली नगर खेलकुद विकास समितिका खेल प्रशिक्षक देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

Add