दोस्रो मन्थली ‘नगर कप’ को उपाधि भटौलीले उचाल्यो

 आइतवार, माघ २८, २०८० | onlinenews

निरजकुमार श्रेष्ठ


रामेछाप- दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–७ भटौलीले उचालेको छ । शनिवार सम्पन्न भएको फाइनल खेलमा मन्थली नगरपालिका–१ मन्थलीलाई २५–२२, २५–२३ र २५–१९ को अन्तरमा सोजो सेटम हराउँदै भटौलीले उपाधि उचालेको हो ।

प्रतियोगिताको विजेता मन्थली नगरपालिका–७ भटौलीले नगद एक लाख रुपैयाँ साथै ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । भटौलीले दोस्रोत ‘रनिङ सिल्ड’ जितेपनि सिल्ड आफ्नो बनाउनलाई भने उसले अझै लगातार २ पटक सिल्ड जित्नु पर्ने हुन्छ । पहिलो ‘नगर कप’को विजेता बनेको मन्थली–१ भने यो पटक उपविजेता बनेको छ । उपविजेता मन्थली–१ ले नगद ७५ हजार रुपैयाँ साथै ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
मन्थली–४ सालुलाई हराउँदै वडा नं. ८ चिसापानी तेस्रो भएको छ । वडा नं. ४ सालुलाई २५–२४, २५–२० र २५–१९ को फरमा हराउँदै सिचापानीले तेस्रो स्थान हासिल गरेको हो । तेस्रो पुरस्कार नगद ५० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र रहेको थियो । सान्तोना भएको मन्थली–४ सालुले भने ३० हजार रुपैयाँ नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचको उपाधि भटौलीले पाएको छ भने एक उत्कृष्ट खेलाडीको उपाधि मन्थली–४ सालुबाट खेलेका खेलाडीले पाएका छन् ।

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो ‘नगर कप’ पुरुष भलिबल रनिङ सिल्ड प्रतियोगितामा विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वाेत्कृष्ट खेलाडीलाई नगर तथा ट्रफी र मेडल प्रदान गरिएको थियो । बुधवारदेखि सुरु भएको प्रतियोगितामा मन्थली नगरपालिका अन्तर्गतका वडाहरूबाट १४ टिम खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा १४ वटै वटाहरूबाट खेलाडी टिम सहभागी भएको मन्थली खेलकुद विकास समितिले जानकारी दिएको छ ।

प्रतिकृया

Add