पत्रकार श्रेष्ठ सम्मानित

 आइतवार, फाल्गुन ६, २०८० | onlinenews

 

रामेछाप–नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले सम्मानित भएका छन् । नेवाः पत्रकार राष्ट्रियय दबुले आफ्नो १२ औँ साधारण सभाको अवसरमा पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो । लितपुर जिल्लामा पहिलो अपाङ्गतामैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेको ‘ज्ञानदेवी– मणी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार श्रेष्ठलाई प्रदान गरिने हो । पत्रकार श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । पत्रकार श्रेष्ठसँगै अन्य ६ जना पत्रकारलाई पनि सम्मान गरिएको छ ।

पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा आयोजना गरेको १२ औँ साधारण सभामा समारोहकाबिच सो पुरस्कार प्रदान विभिन्न विधामा ६ जना पत्रकारहरुलाई सम्मान गरिएको हो । राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनका पत्रकार सिल्भिया राजोपाध्यायलाई प्रदान गरिने भएको छ ।

सो पुरस्कारको नगद राशी १० हजार रुपैयाँ रहेको थियो । त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवम् २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गरेका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गरेका भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार मेट्रो एफएमका उदेन मानन्धरलाई प्रदान गरिने छ । यो पुरस्कारको राशी पनि २० हजार रुपैयाँ रहेको छ । देवशोभा कंसाकारद्वारा स्थापित अग्रधम्मान्दाता ज्ञानज्योति –लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको छ । यसमा पनि नगद राशी २० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटो पत्रकार बुद्धशरण शाहीलाई प्रदान गरिने छ । यस पुरस्कारको नगर राशी १० हजार रुपैयाँ रहेको छ । विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिने छ । पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्षसमेत रहेका पुरस्कार छनोट समितिका संयोजक सुनील महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकास, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक, भौगोलिक र लगायतका आधारका सम्मान गरिएको बताए ।
त्यसैगरी सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोर्खापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको छ ।

प्रतिकृया

Add