बिआइजीद्धारा आयोजजित रक्तदान कार्यक्रममा ३१ जनाले दिए रगत

 शुक्रबार, फाल्गुन ११, २०८० | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– बैंक तथा इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेका छन् । ग्रुपपद्वारा शुक्रवार सदरमुकाम मन्थलीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेको बिआइजी ग्रुपका अध्यक्ष प्रदिप कार्कीले जानकारी दिए ।


दैनिक सयौँ मानिसले रगतको अभावमा ज्यान गुमाइ रहेको अवस्थामा बिआइजी ग्रुपले चलाएको रक्तदान अभियानले रगतको अभावमा रहेका केही मानिसलाई राहत मिल्ने नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले बताए ।


यस्तै रामेछाप जिल्लामा मासिक ५० पौन रगतको आवश्यकता पर्ने र हाल नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखासँग ५५ पौन रगर स्टक रहेको रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । शुक्रवार बिआइजी ग्रुपको आयोजना र नेपाल रेडक्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बिआइजी ग्रुपले बिगतमा पनि दुर्घटना लगायत अन्य केही घटनाका घाइतेहरूलाई समेत आर्थिक सहयोग गर्दै आएको थियो ।

प्रतिकृया

Add