मन्थली–७ को कार्यालय भवन उद्घाटनको तयारी

 मङ्लबार, फाल्गुन २९, २०८० | onlinenews

 रामेछाप– मन्थली नगरपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनको तयारी भएको छ । यही फागुन ३० गते उद्घाटनका लागि तयारी पूरा भएको वडा अध्यक्ष भुवनहरि प्रसाइले जानकारी दिए । नवनिर्मित भवनको उद्घाटन आगामी बुधवार मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठद्वारा उद्घाटन गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष प्रसाइले बताए । कार्यालयले फागुन २९ र ३० गते नयाँ वडा कार्यालय भवनको ब्यवस्थापन र उद्घाटनका लागि आवश्यक तयारी गर्न अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने वडा कार्यालयले जनाएको छ ।

सोमवार एक सूचना प्रकाशित गरी फागुन ३० गते उद्घाटनको कार्यक्रम रहेको र २९ गते पुरानो भवनवाट नयाँ भवनमा कार्यलय ब्यवस्थपान गनुपर्ने भएकोले दुई दिन आकस्मिक बाहेकका सेवाहरु बन्द हुने जानकारी दिएको हो । कार्यालय भवन उद्घाटन कार्यक्रममा सम्पूर्ण वडावसीहरुलाई सहभागि भइदिन पनि अनुरोध गरिएको छ । उक्त वडा कार्यालय भवन न्यू बेन्जानीन निर्माण सेवा कोटेश्वर, काठमाडौँले १ करोड ३६ लाख लागतमा निर्माण

प्रतिकृया

Add