पुष्पलाल मध्यपहाडी राजमार्गको कार्यालयमा ताला लगाउनु पर्छ : तामाङ

 सोमवार, चैत्र ५, २०८० | onlinenews

 

रामेछाप- प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा समेत नछुवाई लगिएको भन्दै रोष प्रकट गरे ।
उनले भने– “पुष्पलाल मध्यमहाडी राजमार्ग पुष्षलालको वडा नै नछुवाई लगिएको छ । पुष्पलालको नाम राखेर सडक निर्माण गर्ने अनि पुष्पलालकै वडा नछुवाई लैजाने ? मध्यपहाही राजरामर्गको कार्यालय सित्खामा ताला लगाउनुपर्छ ।”

पुष्पलाल राजर्माग सेलेघाटबाट कोलन्जोर जोड्ने सडक हुँदै पुष्षलालको वडाबाट लैजानु पर्ने उनको भनाइ छ । पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा हँदै लैजाँदा उमाकुण्ड गाउँपालिकाको बाम्ती जान समेत छोटो पर्ने उनको भनाइ छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा हुँदै लैजानको लागि सित्खामा रहेको राजमार्गको कार्यालयमा अनुरोध गर्नुपर्छ, हाम्रो अनुरोधलाई अस्वीकार गरेमा मेरै नेतृत्वमा गएर सित्खाको कार्यालयमा ताला लगाउनु पर्छ सांसद तामाङले भने ।

सहिद गङ्गालाल श्रेष्ठको १०५ औँ जन्मोत्सवको अवसरमा जिल्ला अस्पताल रामेछापमा आयोजना गरिएको मृटु रोग सम्बन्धी स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा सदस्य तामाङले कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता शशाङ्क कोइरालालाई रामेछाप जिल्लाको विकासलाई प्राथमिकता राख्न आग्रह गरे । उनले भने– ‘डाक्टर साहेब तपाई कुनैबेला रामेछापको सभापति बन्नु भएको थियो, त्यसैले तपाइले नवलपरासीमा जति विकास लानु हुन्छ त्यसको ४० प्रतिशत रामेछापमा दिनुपर्छ यो मेरो माग हो ।’

स्वास्थ्य शिविरका लागि काठमाडौँबाट आएका चिकित्सकहरुलाई पनि सांसद तामाङले रामेछाप जिल्लालाई माया गरिदिन आग्रह गरे । आफूले रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि तामाङले बताए । आफूले व्यक्तिगत रुपमा रामेछाप जिल्लामा १३ वटा एम्बुलेन्स र १ शव बहान दिएको बताउँदै कोभिडको बेलामा जिल्लाको जनताको स्वास्थ्यलाई ख्याल राखी ७१ हजार मास्क वितरण गर्नुका साथै आइसियू बेड समेत स्थापना गरिदिएको बताए ।

प्रतिकृया

Add