लाखेको बध गरी सकियो गाइजात्रा

 शुक्रबार, भदौ १४, २०८१ | onlinenews
Share this

रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।
सदरमुकाम मन्थलीका नेवार समुदायले गाइजात्रा कार्यक्रम अन्तर्गत तासा र्याली, रोपाइ जात्रा, नेवारी भाषाका गीतहरुमा नृत्यु तथा नेवारी संस्कृति झल्काउने विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरी गाई जात्रा मनाएका थिए । यदी भदौ ४ गते परेको गाईजात्राको दिनदेखि नेवाः खल र नेवाः देय दबू रामेछापको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरु गरी गाइजात्रा पर्व मनाएको हो । गाइजात्रको दिन एक वर्षभित्र मृत्यु भएकाहरुको सम्झाना मृतकको फोटोेसहित तासा निकाल्ने परम्परा अनुसार मन्थलीमा यस पटक पनि तासा निकालिएको थियो । गाइजात्राको दिन एक वर्षभित्र मृत्यु भएका मृतकको फोटोसहित निकालिने र्यालीलाई तासा भनिन्छ । गाइजानको दिन यस वर्ष मृत्यु भएको सन्तमाया मानन्धरको फोटोसहित तासा र्याली निकालिएको थियो ।

नेवार समुदायको संस्कृतिसँग जोडिएको गाइजात्र अन्तर्गत नेवार समुदायको एक महत्वपूर्ण सँस्कृति हो रोपाइ जात्रा । यस वर्ष बसपार्कबाट निकालिएको रोपाइजात्रा मन्थली बजारको कटहरबोट, मन्थलीको मुख्य बजार, देवकोटोचोक हुँदै खाँदवारी पुगेर पुनः देवकोटा चोकमा आएर समापनि गरिएको थियो । रोपाइ जात्रामा गोरु अघिअघि जोतिन्छ भने पछिपछि बाउसे र रोपारहरु हुन्छन् । बजारको तालमा बउसेहरुले हिल्याउछन् भने रोपारहरुले धान रोप्दै हिड्छन् । गत शनिवार निकालिएको रोपाइजात्रा मन्थली बजार परिक्रमा गरी देवकोटो चोकमा आएर रामाइलो गरिएको थियो । विभिन्न व्याङ्ग्यात्म नृत्य समेत प्रस्तुत गरिएको थियो ।

नेवार समुदाय सँस्कृति तथा परम्परासँग जोडिएको यो पर्व नेवार समुदायले भव्य रुपमा बनाउने गर्दछन् । रामेछाप जिल्लाका रामेछाप बजार, चिसापानी, ठोसे लगायतको ठाउँमा परापूर्वकालदेखि नै गाइजाना पर्व मनाउँदै आए पनि सदरमुकाम मन्थलीमा भने गत वर्षबाट यो पर्व मनाउन थालिएको हो । नेवाः खल र नेवाः देय दबूको संयुक्त आयोजनामा रामेछापको मन्थली गाइजात्र नेवार समुदायले भव्य रुपमा मनाएका छन् । नेवार समुदायले जातीय सँस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछापको सदरमुकाम मन्थलीमा गत वर्षबाट गाईजात्रा मनाउन थालिएको नेवाः खल रामेछापका अध्ध्यक्ष शेखरमान श्रेष्ठले बताए ।

गाइजात्रा सुरु भएदेखि प्रायजसो दिनहरुमा बेलुका लाँखे नाँच निकालिएको थियो । बुलेका निकाल्ने गरिएको लाख नाँच मन्थली बजारस्थित प्रत्येक दिन छुट्टा छुट्टै स्थामा परिक्रममा गरी देवकोचोकमा आएर समापन गर्ने गरिएको थियो । गाइजात्रा कार्यक्रम अन्तर्गत श्रीकृष्ण जन्माष्ठमीको दिन रथ ¥याली निकालिएको थियो । श्रीकृष्ण जन्मिएको भोलीपल्ट लाखेको बध गरेपछि गाइजात्रा सकिएको थियो ।
गाइजात्रा सकिएको भोलीपल्ट एक औचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको समापन गरिएको थियो । समापन कार्यक्रममा गाइजात्रा अन्तर्गत विभिन्न कार्यक्रमहरुमा सभागिता भएका कलाकारहरुलाई प्रसंसा पत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले संस्था संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोडनु पर्ने बताए । संस्कार सँस्कृति जर्गेना गर्न आवश्यक रहेको भन्दै नेवार समुदायले गत वर्षबाट सदरमुकाम मन्थली सुरु गरेको गाइजात्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै, संस्कृति संरक्षणको लागि स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने साथ सहयोग गर्ने बताएका छन् । आफ्नो पहिचान भनेको भाषा र लिपी भएको भन्दै नेवारी भाषा र लिपी संरक्षमा जुट्न पनि नगरप्रमुख श्रेष्ठले नेवार समुदायलाई आग्रह गरे ।

मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले भाषाबिना आफ्नो संस्कार सँस्कृति संरक्षण गर्न नसकिने भन्दै नेवार समुदायलाई आफ्नो भाषा संरक्षण गर्न आग्रह गरिन् । भाषाबिनाका संस्कार सँस्कृति अपूरो हुने भन्दै त्यसतर्फ ध्यान दिन नेवार समुदायका अगुवाहरुलाई आग्रह गरिन् । त्यसको लागि नगरपालिका विगतका वर्षमा सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उपप्रमुख बस्नेतको भनाइ थियो ।
कार्यक्रमको अध्यक्ष तथा नेवाः खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले नेवाः खल, नेवाः देय दबू लगायतका संस्थाहरु संस्थाहरु नेवारी संस्कृति संरक्षणमा जुटेको बताएका छन् । नेवार भाषा संरक्षणको लागि केही समयपछि प्रत्येक शनिवार नेवारी भाषाको कक्षा सञ्चालन गर्ने पनि नेवाः खलका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add