नेविसँघले वर्षमा १० जनालाई छात्रवृत्ति दिने

 आइतवार, साउन २२, २०७४ | onlinenews

१५ साउन २०७४ रामेछाप


नेपाल विद्यार्थी संघ मन्थली इकाई समितिले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । वर्षिक रुपमा स्नातक तहमा अध्ययनरत १० जना गरिब, हेजेन्दार, अपाङ्गता भएका र अशक्त विद्यार्थीलाई छात्रबृत्रि प्रदान गरिने मन्थली क्याम्पस इकाई सभापति शन्तोष सुवेदीले बताए ।
आगामी मंसिरदेखि स्नातक तहमा भर्ना हुने विद्यार्थी मध्ययबाट क्याम्पस प्रशासनले सिफारिस गरेको आधारमा वार्षिक रुपमा १० जनालाई छात्रबृत्ति दिइने पनि सुवेदीले बताए ।
नेपाल विद्यार्थी सँघले श्रावण १५ गते म्याम्पसमा आयोजना गरेको खिरखाने कार्यक्रमकाबीच छात्रबृत्ति दिने कार्यक्रम घोषणा गरेको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानको तथा पार्टी सचिव लेखबहादुर कार्की विशेष अतिथि थिए ।

प्रतिकृया

Add