कार्कीलाई कार्यवाहक सभापति र श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी
सोमवार, भदौ २४, २०८१
२९ साउन २०७४
भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ ।
स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् ।
१२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो ।
साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।
एक्कासी विरामी परेपछि खाँदवारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो ।
घट्ना बाहिर आएपछि मेघराज पीडित परिवारसहित जनप्रतिििधहरु दिङ्ला बजारमा बैठक बसे । टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ ।
श्रोतको अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरलाल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राइको उपस्थिती थियो ।