वाम ध्रुविकरणसँगै दोलखामा बढ्यो राजनीतिक चहलपहल

 शुक्रबार, अशोज २०, २०७४ | onlinenews

२० असोज २०७४ रामेछाप


वाम ध्रुविरकणसँगै दोलखा जिल्लामा राजनीतिक चहलपहल बढेको छ । दोलखाका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आसन्न निर्वाचनमा उम्मेदवार तय गर्ने र चुनावी तालमेललाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफलमा जुटेका छन् ।
दुवै पार्टीको केन्द्रले संघ र प्रदेशको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमति गरे लगत्तै जिल्ला तहमा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
दुवै पार्टीमा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु र सचिवालय स्तरका नेताहरु अनौपचारिक र औपचारिक छलफलमा केन्द्रित छन् । यद्धपि एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुबीच औपचारीक छलफल भने सुरु हुन सकेको छैन ।
नेकपा एमालेले पार्टीका प्रभावशाली नेता र जिल्ला पार्टीका पदाधिकारी वीच छलफल गरि सचिवालय कमिटिको बैठक बसेको छ । बैठकमा दोलखाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु, जिल्लाका पदाधिकारी र सचिवालयमा रहेका नेताहरु सहभागि थिए ।
एमाले केन्द्रिय सदस्य एवं जिल्ला इञ्चार्ज पार्वत गुरुङले सचिवालयको बैठकमा आसन्न निर्वाचनमा चुनावी तालमेल र पार्टी एकता प्रक्रिया, प्रतक्ष्य र समानुपातिक तर्फको उम्मेदवारी चयन, प्रदेश क्षेत्रीय समन्वय सम्पर्क कमिटि गठन लगायतका बिषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार नयाँ राजनीतिक समिकरण, चुनावी तालमेल र पार्टी एकता प्रक्रियालाई सचिवालय बैठकले उत्साहका साथ स्वागत गर्ने र तल्लो तह सम्म कार्यान्वयनका लागि निर्देशन दिने दिने छ ।

प्रतिकृया

Add