प्रतिनिधिसभामा पाँच महिला निर्वाचित

 मङ्लबार, मंसिर २६, २०७४ | onlinenews

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् ।

माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका विजयी भएका छन् । त्यस्तै, झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल र प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सांसद निर्वाचित भएका छन् ।

कञ्चनपुर–१ मा बिनाले कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई, ललितपुर–३ मा भुसालले कांग्रेसका मदन अमात्यलाई, रुकुम पूर्वमा रोकाले कांग्रेसकै हरिशंकर घर्तीमगरलाई पराजित गरे । झापा–२ मा खरेलले कांग्रेसका उद्धव थापा र प्युठानबाट पौडेलले कांग्रेसका डा। गोविन्दराज पोखरेललाई पराजित गरे ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरे पनि दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निकै थोरै उम्मेदवार बनाएका थिए ।

१६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा महिला उम्मेदवार नै बनाएनन् ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिकृया

Add