जिल्ला प्रहरी कार्यालय रामेछापले ग¥यो अवैध मदिरा नष्ट

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका होटल ब्यवसायिहरुले बिक्रीबितरणको लागि राखेको अबैध घरेलु मदिर प्रहरीले बरामद गरि नष्ट गरेको छ ।
बुधबार मन्थली नगरपालिका–२ स्थित विनिताचोकदेखि आकासेसम्म सञ्चालनमा रहेका होटलहरुमा चेकजाँच गर्ने क्रममा फेला परेको अबैध घरेलु मदिरा प्रहरीले बिहीबार नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट होटलहरु चेकजाँचको लागि खटिएका प्रहरी टोलीले १ हजार १ सय ५० लिटर अबैध मदिरा मराबद गरेको थियो । बरामद गरेको सबै https://www.cialissansordonnancefr24.com/ मदिरा खोल्डोमा पोखेर नष्ट गरिएको हो ।
चेकजाँचको क्रममा बरामद गरिएको घरेलु मदिरा उत्पादन गर्ने ८ सय ५० केजी तयारी कच्चा पदार्थ समेत नेष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछाप ।

प्रतिकृया

Add