शैलेन्द्र खनाल बने सशस्त्र प्रहरी प्रमुख

 मङ्लबार, चैत्र २७, २०७४ | onlinenews

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।
खनाल आफ्ना प्रतिस्पर्धी भन्दा १० महिना सिनियर सशस्त्र प्रहरी अधिकृत हुन् ।
नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा छिरेका शैलेन्द्र खनाल व्यवसायिक र इमान्दार अफिसरको रुपमा परिचित छन् । आफ्ना ब्याचमेटहरु नेपाल प्रहरीमा भर्खर प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जामा भए पनि खनाल सशस्त्र प्रहरी बलको बागडोर सम्हाल्ने भाग्यमानी अफिसर हुन् ।
सरकारले खनाललाई एआईजी बढुवा गरेको बेला सशस्त्रका डिआईजी उत्तम खड्का उनको बढुवा विरुद्व सर्वोेच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट उपर अन्तरिम आदेश नभसँगै खनालको आईजिपी हुने बाटो तय भैसकेको थियो ।
त्यतिबेला जित बहादुर पुन खनालसँगै एआईजीमा बढुवा भएपनि उनी पदावधिका कारण घर गईसकेका छन् । त्यसैबेला पछि परेका एआईजी पुष्पराम केसी खनालभन्दा करिब १० महिना ढिला एआईजिमा बढुवा भएका थिए ।

प्रतिकृया

Add