वर्तमान सरकारल निरंकुश भएको नेविसंघको आरोप

 बुधबार, बैशाख ५, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/ काठमाडौं


एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार निरंकुश भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ ।
यही वैशाख २ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयको नाममा जारी निषेधाज्ञाको विषयलाई लिएर नेपाल विद्यार्थी संघले विरोध जनाएको हो ।
नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले विज्ञप्ति जारी गरि निरंकुश राजतन्त्रको पछिल्लो हर्कत र वर्तमान सरकारको कदम एउटै भएको आरोप लगाएको छ ।
नेपाल विद्यार्थी संघले माओवादी जनयुद्धलाई पनि कथित कम्युनिष्टको बर्बर हिंसाको संज्ञा दिएको छ ।
विचार अभिब्यक्ति स्वतन्त्रता र विना हातहतियार भेला हुन पाउँने जनताको अधिकारमाथि सरकारले हस्तक्षेप गरेको पनि नेविसंघको आरोप छ ।
सरकारले निषेधाज्ञाको निर्णय फिर्ता लिई जनताको अभिब्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउनले अधिकारको ग्यारेन्टी नगरे सरकारले निषेधाज्ञा लागू गर्ने दिनदेखि नेपाल विद्यार्थी संघले कडा आन्दोलन थाल्ने जनाएको छ ।
यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने गरि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ गते सूचना जारी गरेको थियो ।

प्रतिकृया

Add