कुशेश्वर यातायातले दियो यात्रुलाई राहात

 शुक्रबार, बैशाख २१, २०७५ | onlinenews

रामेछाप–यातायता सेवामा सिण्डिकेट माग गर्दै देशैभरका यातायात ब्यवसायिले यातायात बन्द गरे पनि कुशेश्वर यातायात सेवा प्रा.लि.ले भने आफ्नो नियमित सेवा सञ्चालन गरेको छ ।
यातायाता सेवामा सिन्डकेट हटाउने निर्णय विरुद्ध देशभरीजस्तै रामेछाप जिल्लाबाट सञ्चालन हुने अन्य यातायात ब्यवसायिले यातायात सेवा बन्द गरे पनि कुशेश्वर यातायात सेवा प्रा.लि.ले भने यातायात सेवा सञ्चालन गरेको हो ।
आफ्नो नियमित सेवा सञ्चालन गरेको कुशेश्वर यातायात सेवा प्रा.लि.का अध्यक्ष राजकुमार मैनालीले बताए । यातायात कम्पनीको काम यातायात सेवा दिने भएकाले आपूmहरुले यातायात बन्द नगरेको अध्यक्ष मैनालीको भनाई छ ।
रामेछाप जिल्लाको सुनापाति गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको कुशेश्वर यातायात सेवा प्रा.लि.ले आफ्नो नियमित सेवा सञ्चालन गर्दा रामेछापबाट काठमाडौं जाने यात्रुलाई राहात मिलेको छ ।
यात्रुको सस्यालाई मध्यनजर गरि काठमाडौंको केटेश्वर काउण्टरमा आफै बसेर कुशेश्वर यातायात प्रा.लि.मा आवद्ध सवारी साधनलाई सञ्चालन गराएको अध्यक्ष मैनालीले जानकारी दिए ।
उनले भने ‘आफै कोटेश्वरमा बसेर यातायातका साधान छुटाएको छु, हाम्रो उद्देश्य भनेको यात्रुलाई सेवा दिनु हो, यात्रु अलपत्र नपरोस् भनेर कुशेश्वर यातायात सेवा प्रा.लि. मा आवद्ध सवारी साधान मात्रै भए पनि सञ्चालनमा ल्याएका हौं ।’ देशैभर यात्रु अपलत्र परेको खबर आइरहँदा रामेछापका यात्रुलाई भने कुशेश्वर यातायात सञ्चालन हुँदा राहात मिलेको हो ।

प्रतिकृया

Add