यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ

 शुक्रबार, बैशाख २१, २०७५ | onlinenews

प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ ।
रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा सिटौलालाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकमा खटिएका टोलीले पक्राउ परेको हो ।
सिटौलालाई महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिए । सिटौला सिडिन्केटको पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक पनि हुन् ।
पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
सिटौला पक्राउ पर्नु अघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

प्रतिकृया

Add