अखाद्य तथा इजाजतविनानै बिक्रीवितरण गरिएको बस्तु जफत गरि नष्ट

 शुक्रबार, जेष्ठ १८, २०७५ | onlinenews

रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले अनुगमनको क्रममा फेला परेका अखाद्य बस्तु तथा सही नापतौल नभएका र इजाजत विनानै बिक्रीवितरण गरिरहेका बस्तुहरु जफत गरि नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा यही जेष्ठ ७ गतेदेखि १८ गतेसम्म गरिएको अनुगमनको क्रममा रामेछापको सदरमुकाम मन्थली र रामेछाप नगरपालिकाको रामेछाप बजारका विभिन्न पसलहरुबाट जफत गरिएको बस्तुहरु जलाएर नष्ट गरिएको हो ।
अनुगमनको क्रममा नापतौन सही नभएका ढक, तराजु, सुन जोख्ने मेसिन, माना, पाथी साथै म्याद नाघेका खद्य बस्तु र इनामेल समेत अनुगमन टोलीले जफत गरेको थियो ।
त्यसैगरी इजाजत नलिई बिक्रीवितरण गरिरहेको खैनी, सुर्ति तथा चुरोट समेत अनुगमन टोलीले जफत गरि नष्ट गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाकारी दिएको छ ।
जफत गरिएका बस्तुहरुमा सुपर प्लस खैनी १९ पाकेट, जीरा १६ केसी, बनसपति घ्यू ५ पाकेट, इनामेल ६० बट्टा, पार्लेजी बिस्कुट ६ पाकेट, पप, दुनोट १ बोरा, शिखर चुरोट १ पेटी, पाइलट चुरोट १ पेटी सुपरपावर खैनी ५ पाकेट, रजनीबास १ पाकेट र सुनचाँजी जोख्ने मेसिन १ वटा रहेको छ ।
जिल्ला स्तरीय अनुगमन टोलीले बजारका, किराना पस, सुन तथा हार्डवेयर पसलहरुको अनुगमन गर्ने क्रममा उक्त बस्तुहरु जफल गरेको थियो ।

प्रतिकृया

Add