ढुवानीका साधन सञ्चालनको माग गर्दै रामेछापका ब्यवसायि आन्दोलीत

 बुधबार, जेष्ठ ३०, २०७५ | onlinenews

 रामेछाप- सडकको भारबहन क्षमता कम्जोर भएको भन्दै ढुवानीका साधनलाई रामेछाप प्रवेशमा रोक लगाइएपछि जिल्ला उद्योग बाणिज्य संघको नेतृत्वमा रामेछापका ब्यवसायिहरु आन्दोलनमा उत्रिएका छन् ।
विपी राजमार्ग भएर रामेछाप जिल्लामा सेमीटेलर (१६ चक्के) सम्मको ढुवानीका साधन सञ्चालन गर्न यातायात ब्यवस्था विभागले दिएको अनुमतिलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरि पुनः रोक लगाएपछि रामेछाका ब्यवसायि आन्दोलीत भएका हुन् ।
ब्यवसायिहरु आफ्नो ब्यवसाय बन्द गरेर आन्दोलमा उत्रिएपछि बुधबार सदरमुकाम मन्थलीका होटल तथा पसलहरु बन्द रहेका छन् ।
ढुवानी तथा सवारीका साधनलाई रोक लगाएर न्यायलयले समेत रामेछापका जनतामाथि अन्याय गरेको रामेछाप उद्योग बाणिज्य संघका महासचिव जेएन दाहालले आरोप लगाए ।
ठूला ढुवानीका साधनलाई रामेछापमा रोक लगाइदा निर्माण सामाग्री विरगञ्जबाट काठमाडौं घुमेर दोलखा हुँदै रामेछाप ल्याउँनु पर्दा उपभोक्ताले दोम्बर भन्दा बढी भाडा तिर्नु परेको महासचिव दाहालले बताए ।
समस्या ब्यवसायिको मात्रै नभएर सिंगो रामेछापबासीकै भएकाले रामेछापमा ठूला ढुवानीका साधन सञ्चालन नभएसम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।
ठूला ढुवानीका साधन रामेछाप नआउँदा सामानको मूल्य महंगिनुका साथै उपभोग्य बस्तु समेत पर्याप्त नपाइएको स्थानीय उपभोक्ता रुद्रकुमार श्रेष्ठले गुनासो गरे ।
ठूला गाडी सिधै आउँदा एक पटक–मा आउँने समान सानो गाडीमा ल्याउँदा ४ पटक लाग्ने भएकाले ढुवानी भाडामा बृद्धि हुदा सामानको मूल्य बढेको ब्यवसायिको भनाई छ ।
ब्यापारिहरुसँग ढुवानी ब्यवसायि पनि आन्दोलनमा उत्रिएका छन् । सेमीटेलर सम्मको ढुवानीको साधन विपी राजमार्ग हुँदै रामेछापमा सञ्चालन गर्न यही जेष्ठ १३ गते यातायात ब्यवस्था विभागले दिएको अनुमति कार्यान्वयन नभएसम्म ढुवानीका साधन ठप्प पारेर उद्योग बाणिज्य संघ रामेछापले थालेको ओन्दोलनलाई सहयोग गर्ने तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले बताए ।
यातायात ब्यवस्था विभागले ठूला ढुवानीका साधन सञ्चालन गर्न दिएको अनुमति कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि ढुवानीका साधन बन्द हुँदा रामेछापमा दैनिक उपभोग्य बस्तुको समेत अभाव हुन थालेको छ ।
ढुवा ढुवानीका साधन सञ्चालन हुन नदिएसम्म चरणबद्ध आन्दोलनलाई जारी राख्ने उद्योग बाणिज्य संघ रामेछापले जनाएको छ ।

प्रतिकृया

Add