खानेपानीको समस्याले बस्ती नै विस्थापित

 शनिबार, असार २३, २०७५ | onlinenews

 रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ मा खानेपानीको समस्या भएपछि बस्ती नै विस्थापित भएको छ ।
मन्थली नगरपालिका–७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ छोडेर स्थानीय भटौली खोला किनारमा बसाई सरेका छन् ।
पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरी मध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका छन् भने गाउँमा बस्दै आएकाहरु पनि बसाइसराइको तयारीमा छन् ।
खानेपानी समस्याकै कारण गाउँ छोडेर आपूmहरु खोला किनारमा झर्न बाध्य भएको र खोला किनारको बसाई पनि सुरक्षित नभएको स्थानीय शिवबहादुर कार्कीले बताए ।
कार्कीले भने–‘खोनेपानीको समस्याको कारण बाध्य भएर हामी खोला किनारमा झरेका हौ, खेतीपाती गाउँमै छ । खोलाको किनार भएकाले यहाँ पनि खोलाले बगाउँला भन्ने डर छ, गाउँमा जाँदा पानी खान नपाएर मरिने अवस्था छ ।’
खोला किनार पनि सर्वजनिक जग्गा भएकाले नगरपालिकाले हटाए भने कहाँ जाने भन्नेमा समेत आपूmहरु चिन्तित रहेको छत्रबहादुर मग्रातीले बताए ।
खानेपानीको समस्या रहेको बस्तीको लागि बृहत खानेपानी योजना मार्फत पानी पु¥याउने योजना भए पनि तत्काललै खानेपानीको ब्यवस्था गर्न सकिने अवस्था नरहेको वडा अध्यक्ष सुदर्शन प्रसाइले बताए ।
बृहत खानेपानी योजनाबाट खानेपानीको ब्यवस्था नभएसम्मका लागि खानेपानी ब्यवस्थाको लागि सहयोग गर्ने कुनै संघसंस्था आएमा वडाको तर्फबाट पनि सहयोग गर्ने वडा अध्यक्ष प्रसाइको भनाई छ ।
२०७२ सालको भूकम्प पछि पानीको स्थानीय मुहानहरु सुकेपछि त्यहाँका स्थानीय बसाई सर्न बाध्य भएका हुन । भूकम्पको कारण सुकेको मुहानहरुमा अहिलेसम्म पानीको मूल नफुटेको स्थानीय कालु सार्कीले बताए । पानीको समस्याको कारण त्यस क्षेत्रमा पुनःनिर्माणको काम समेत प्रभावित भएको छ ।

प्रतिकृया

Add