नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत साथै अभिमुखीकरण

 आइतवार, साउन १३, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं– कुमारी आवासीय माध्यमिक विद्यालय केब्स टुसाल काठमाडौंले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागतका साथै एक दिने अभिमुखिकरण गरेको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अध्ययनको शैली र लक्ष्य निर्धारण गर्ने तरिका सिकाउनका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको कुमारी आवासीय माध्यमिक विद्यालय केब्सले जनाएको छ ।
कार्यक्रमका अध्यक्ष तथा केब्स एकेडेमीका निर्देशक एवं त्रिभुवन विश्व बिद्यालयका उप प्राध्यापक डा. बिष्णुप्रसाद दाहालले कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा शुभकामना दिदै केब्सले विद्यार्थीहरुको सैद्धान्तिक भन्दा व्यवहारिक तथा गुणस्तरीय शिक्षामा विशेष जोड दिदै आएको बताए ।
विद्यार्थीहरुलाई समसामयिक परिवेशमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्नु पहिलो प्राथमिकता रहेको उनको भनाई छ । निर्देशक दाहालले विद्यार्थीलाई लगनशिल र मेहनेती भएर अध्ययन कार्यमा लाग्न पनि अनुरोध गरेका छन् ।
महांकाल भृकुटी चोकस्थित निराग पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा कुमारी एकेडेमी केब्सका क्याम्पस प्रमुख मनोज प्रसाद भट्टराईले विद्यार्थी केन्द्रीत पठनपान नै केब्सले अवलम्बन गरेको महत्वपूर्ण पद्धति भएको बताए ।
विश्व बजारमा उपलब्ध युग सुहाउँदो उच्चस्तरीय शैक्षिक कार्यक्रमहरूलाई कलेजमा भित्राएर आफ्ना विद्यार्थीलाई अब्बल र सक्षम तुल्याउनेतर्फ कलेज निरन्तर प्रयत्नशील रहेको पनि भट्टराईले बताए ।
शैक्षिक योजना अनुसार विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्नु केब्सको मुख्य उद्देश्य रहेको बताउदै केब्स हरेक क्षेत्रमा उद्देश्य अनुसारको उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको क्याम्पस प्रमुख भट्टराईको भनाई छ ।
स्कुल आफैमा राम्रो र नराम्रो नहुने भन्दै विद्यार्थीहरुमा पनि सिक्ने ईच्छाशक्ति हुनु पर्ने उनले बताए । कुमारी एकेडेमीको स्कुलतर्फ प्ले ग्रुप नर्सरीदेखि कक्षा १० सम्म माध्यमिक तह कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र मानविकीका साथै स्नातक तहतर्फ बिबिएस, बिए (टियु) र सिभिल इन्जीनियर सिटिभिटी अन्तर्गत शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
सीटिएफ नेपालका अध्यक्ष राजेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक हेमन्त पराजुलीले गरेका थिए ।

प्रतिकृया

Add