हिलेदेवीमा अस्थायी प्रहरी चौकी

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews

रामेछाप जिल्लाको सुनापाति गाउँपालिकाको केन्द्र हिलेदेवीमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ ।
हिलेदेवीमा बैक सञ्चालन हुने भएपछि द्वन्द कालमा विस्थापित भएको प्रहरी चौकी पुनः स्थापना गरिएको हो ।
गाउँपालिकाको पहलमा प्रहरी चौकी स्थापना भएको र बैक पनि केही समयभित्र नै सञ्चालनमा लाउँने गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।
गाउँपालिकाको केन्द्रमा विभिन्न कार्यालयहरु हुने, भिडभाड हुने र बैंकको लागि पनि सुरक्षा आवश्यक पर्ने भएकोले गाउँपालिकाको पहलमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले बताए ।
तत्काललाई अस्थायी रुपमा स्थापना गरिए पनि आवश्यकता अनुसार स्थायी चौकी बनाउन सकिने जिल्ला प्रहरी कार्यालय रामेछपका प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले जनाकारी दिए ।

प्रतिकृया

Add