उत्कृष्ठ काम गर्ने रामेछापका पाँच प्रहरी पुरस्कृत

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews

जिल्ला प्रहरी कार्यालय रामेछापमा रहेर उत्कृष्ठ काम गर्ने ५ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।
मेहेनती र राम्रो काम गर्ने पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पुरस्कृति गरेको हो ।
पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षकहरुमा रामवहादुर घिसिङ्ग, रामेश्वर पाण्डे र विरेन्द्र खड्का रहेका छन् । त्यसैगरी प्रहरी जवानहरु माधव पौडेल र प्रेमलाल कोइरीलाई पुरस्कृत गरिएको हो ।
उनीहरुमा थप जिम्मेवारीका साथ काम गर्न पे्ररणा मिलोस भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप पुरस्कृति गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्र सिंहले बताए ।
प्रहरी सहायक निरीक्षक रामबहादुर घिसिङ्ग र बिरेन्द्र खड्कालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ३५ वर्षदेखि फरार रहेका खाँडादेवी गाउँपालिकाका छेवाङ लामालाई रौतहटवाट पक्राउ गर्न सफल भएकोमा पुरस्कृत गरिएको हो ।
जिल्ला अदालत रामेछापले ३५ वर्षअघि कर्तव्य ज्यान मुद्दामा दोषी ठहराएका छेवाङलाई प्रहरी निरीक्षक घिसिङ र खड्काको विशेष भूमिकामा गत साउन २८ गते रौतहटबाट पक्राउ गरिएको थियो ।
त्यसैगरी चोरी केशमा पक्राउ परी प्रहरी हिरासतमा राखिएका लिखुतामाकोशी गाउँपालिका–७ का छिरिङ तामाङलाई म्याद थप गर्न जिल्ला अदालत लाने क्रममा अदालत परिसरबाट फरार भई तामाकोशी नदिमा हामफाल्न लाग्दा समात्न सफल भएकोमा प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डे, प्रहरी जवान माधव पौडेल र प्रेमलाल कोइरीलाई पुरस्कृति गरिएको हो ।
उत्कृष्ठ काम गरेवापत उनीहरुलाई जनही ७ सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिकृया

Add