रामेछापको २ विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम सुरु

 बिहिबार, भदौ ७, २०७५ | onlinenews
Share this

माधवप्रसा उपाध्याय


७ भदौ, रामेछाप– नेपाली सेनाले रामेछाप जिल्लाको दुई वटा विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम सुरु गरेको छ ।
सदरमुकाममा रहेको मन्थली माध्यमिक विद्यालय र दोरम्बा गाउँपालिका–२ मा रहेको काकलिङ्ग माध्यमिक विद्यालयमा राष्ट्रिय सुरक्षा दलको तालिम सञ्चालन गरेको हो ।
विद्यार्थीको आफ्नो आत्मसुरक्षा र विपदको बेलामा स्वयमसेवक रुपमा परिचालन गर्ने उद्देश्यले राष्ट्रिय सुरक्षा दलले हरेक विद्यार्थीलाई तालिम दिंदै आएको छ ।
यो तालिमले विद्यार्थीले आफ्नो आत्मरक्षा गर्न र आगामी दिनमा सुरक्षा फौजमा जान चाहेको अवस्थामा सहज हुने नन्द बक्स गण दोरम्बाका सेनानी रामचन्द्र कटुवालले बताए ।
२ वटा विद्यालयबाट ३६ जना पुरुष र ३६ जना महिला गरि ७२ जना विद्यार्थी राष्ट्रिय सेवा दलको तालिममा सहभागि छन् । तालिम एक सय दिन सञ्चालन हुने छ ।
स्थानीय विद्यालयमा ७८ दिन र त्यसपछि मोरङको याङसिलामा २१ दिने तालिम सञ्चालन हुने जनाइएको छ ।
अनुशासन नेतृत्व विकास, बोलिचालको शैली, शालिन भएर बोल्ने, सकारात्मक सोचको विकास गर्ने तालिमको मुख्य उद्देश्य रहेको नेपाली सेनाले जनाएको छ ।

Share this

प्रतिकृया

Add