नगरपालिकाको कार्यालय अपायक हुँदा सेवाग्राहिलाई सास्ती

 शुक्रबार, अशोज १९, २०७५ | onlinenews

रामेछाप- रामेछाप नगरपालिका वडा नं १ का अध्यक्ष नर बहादुर थापाले वडाकासेवाग्राहिलाई नगरपालिकाको सेवा लिन जानकाठमाडौंबाट आउनु भन्दा टाढा पर्ने बताए ।
राज्यको मापदण्ड अनुसार नगरपालिकाको कार्यालयको केन्द्र सेवाग्राहिले बढिमा तिनघण्टा पैदल यात्रा गर्दा पुग्ने गरी स्थापना गर्नुपर्र्नेे व्यवस्था छ ।
तर रामेछाप नगरपालिकाको वडा नं १, २ र ३ का सेवाग्राहीले नगरपालिकाको सेवा लिन आउँदा कम्तीमा २ दिनको समय माया मार्नुपर्ने बाध्यता भएको वडा नंम्बर १ का अध्यक्ष थापाले बताए ।
लिखुखोलादेखि सुनकोशी नदिसम्म पर्ने ९ वटा वडा रहेकोे रामेछाप नगरपालिकाको कार्यालय रामेछाप बजारमा रहेकाले अधिकांश वडाका सेवाग्राहिको लागि अपायक रहेको छ ।
मन्थली नगरपालिकामा पर्ने सालुको च्याउँकेठाँटिबाट रामेछाप नगरपालिका जाने छोटो दुरीको सडक भएपनि सवारीका साधन नचल्दा रामेछाप नगरपालिका अन्र्तगत वडा नं १,२ र ३ का सेवाग्राहि सदरमुकाम मन्थली झरेर पुनः रामेछाप जानुपर्ने बाध्यता छ ।
मन्थली–रामेछाप सिधा रुट(लोकल) सवारी साधन नचल्ने भएकाले काठमाण्डौंबाट आएको गाडि कुरेर रामेछाप जानुपर्दा नगरपालिकाको कार्यालय पुग्नकै लागि मात्र १ दिन लाग्ने सेवाग्राहिको गुनासो छ ।
च्याउँकेठाटि–रामेछाप सडक खण्डमा सवारी संञ्चालन गर्न नगपालिकालाई पटक पटक अनुरोध गर्दा पनि सवारी सञ्चालन गर्न नसकिएको वडा अध्यक्ष थापाको भनाई छ ।
सो सडक भएर यातायात सञ्चालन गर्न दवाव दिने उदेश्यले अरनिको यातायात समितिमा समेत डेलिगेसन गएको वडा नं ३ का अध्यक्ष भुपालराज श्रेष्ठले बताए ।
उनका अनुसार अरनिको यातायात सेवा समिति र हिमाल तराई यातायात समितिबिच रामेछाप बजार हुँदै अरनिको यातायात गुड्न नपाउने सम्झौता भएकाले सो सडक भएर यातायात सञ्चालन गर्न नसकिएको अरनिको यातायात सेवा समितिले जानकारी दिएको छ ।
अरनिको यातायात र हिमाल तराई यातायातबिच बससेवा सञ्चालन गर्ने बिषयमा छलफल भईरहेको र दशैं पछिबाट संञ्चालन गर्ने जानकारी गराईएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिकृया

Add