पार्टी सभापति तानाशाही बनेको वडा अध्यक्ष केसीको आरोप

 बिहिबार, कार्तिक १, २०७५ | onlinenews

रामेछाप– नेपाली काँग्रेस रामेछाप अन्तर्गत सुनापति गाउँँपालिका वडा नम्बर ४ को पार्टी कमिटीले बडा दशैको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको छ ।
जिल्ला पार्टी सभापति लवश्री न्यौपानेले वडा कार्यालयले आयोजना गरेको कार्यक्रम रोक्न ठाडो निर्देशन दिएको वडा पार्टीले आरोप लगाएको छ ।
जिल्ला पार्टी सभापति लवश्री न्यौपानेले कार्यक्रम आयोजना गर्न कस्ले आदेश दियो भन्दै कार्यक्रम स्थगित गर्न लगाएको नेपाली काँग्रेस सुनापति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रमेश केसीले बताए ।
वडा पार्टीले आयोजना गरेको कार्यक्रममाथि जिल्ला पार्टी सभापतिले ठाडो हस्तक्षेप गरेर पार्टी सभापति तानाशाही बनेको वडा अध्यक्ष केसीले आरोप लगाए ।
आपूm पनि गाउँमा आउँन नसक्ने र वडा पार्टीले आयोजना गरेको कार्यक्रम पनि गर्न नदिनु पार्टी सभापतिको तानाशाही ब्यवहार भएको केसीको आरोप छ ।
नेपाली काँग्रेस सुनापति गाउँपालिका वडा नं। २ ले बिहीबार बडा दशैको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो । पार्टी सभापतिले कार्यक्रम नगर्नु भनेपछि स्थगित गरिएको पनि केसीले जानकारी दिए ।
जिल्ला पार्टी सभापति लवश्री न्यौपानेले भने वडा पार्टीलाई कार्यक्रम गर्न नदिएको भन्नु गलत भएको बताए ।
उनले भने–कार्यक्रम गर्न नदिएको होइन, पार्टीको केन्द्रीय नेता चक्र बास्तोलाको निधन भएकाले पार्टीको झण्डा राखेर कार्यक्रम नर्गनुस्, आफ्नै तरिकाले कार्यक्रम गर्नुस् भनेको हो तर कार्यक्रम नै नगर्नुस् भन्ने आदेश दिएको छैन ।
पार्टी नेताको शोकमा पार्टीको झण्डा झुकाइने भएकाले झण्डा राखेर कार्यक्रम नगर्नुस् भनेको हो तर कार्यक्रम नै रोक्नु भनेको छैन न्यौपानेले भने ।

प्रतिकृया

Add