आफैले पालेको भैसीले हानेर धनी घाइते

 शुक्रबार, कार्तिक ९, २०७५ | onlinenews

रामेछाप- आफ्नै घरमा पालेको भैसीले हान्दा रामेछापको गोकुलगंगा गाउँपालिका–३ दार्खाका २५ वर्षीय प्रकाश रोका घाइते भएका छन् ।
भैंसीले दूध नदिएको भन्दै कुटपिट गरेपछि भैंसीले प्रतिकार गर्दा सिङ र दाँतले लागरे रोका घाइते भएका हुन् ।
घाइतेका रोकाका बुबा काले रोकाका अनुसार भैंसी सँधै आफूले दुहुने गरेकाले एक हाते भइसकेको थियो ।
उनले भने– छोराले आज म दुहुन्छु भनी बिहीबार साँझ भैंसीको थलामा गएको थियो । भैंसीले दुध दिएनछ, रिसको झोकमा दुध दुहुने ढुंग्रो समेत फुट्नेगरी भैंसी पिटेछ । भैसीको थलामा गान्द्राङ गुन्द्रुङ आवाज आउनुका साथै भैंसी कराएको सुनेपछि हेर्न जाँदा त छोराको हातबाट तररर रगत बगिरहेको देखे उनले भने ।
घाइतेलाई रातीलाई राति नै स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकी ल्याउँदा बेहोस अवस्थामा रहेका रोकालाई आपल्कालिन कार्य सञ्चालन केन्द्र गोकुलगंगाले सहयोग गरेको थियो ।
घाइते रोकाको हालमा ५ वटा टाँका लगाइएको छ । घाइतेको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य चौकी रस्नाुका प्रमुख मानोजकुमार शाहाले जानकारी दिए ।

प्रतिकृया

Add