घरघरमै खानेपानीको सुविधा पुगेपछि स्थानीय खुसी

 आइतवार, कार्तिक २५, २०७५ | onlinenews

रामेछापः उच्च प्रविधियुक्त सुख्खा क्षेत्र खानेपानी आयोजना अन्तर्गत रामेछाप नगरपालिका–७ र ८ मा खानेपानी प¥याएपछि वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीय उपभोक्ता हर्षित भएका छन् ।
छतिवने खानेपानी आयोजनक अन्तर्गत घरघरमै खानेपानी पुगेपछि खानेपानीको निकै सहज भएको उपभोक्ता ज्ञानुका कार्कीले बताइन् ।
छतिवनेको पानी आउनु पहिले पानीको लागि राति १२ बजेदेखि लाइन बस्नुपथ्र्यो अहिले ढुक्क भएको छ कार्कीले भनिन् ।
दैनिक २ घण्टा पानी तान्दा प्रत्येक उपभोक्ताको घरमा दुई सय लिटर पानी झर्ने गरेको छ ।
सुख्खा क्षेत्र नमूना खानेपानी आयोजना अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापको १७ करोडको लगानीमा छतिवने भूमिगत खानेपानी आयोजना निर्माण गरि बस्तीमा पु¥याइएको हो ।
सुकाजोर खोलामा ५० घनमिटरको भूमितग ट्यांकी निर्माण गरि विद्युतको प्रयोग गरेर लिफ्ट गरिएको सो खानेपानी आयोजनाबाट रामेछाप नगरपालिका वडा नम्बर ७ र ८ का १ हजार २८९ परिवार लाभान्वित भएका छन् ।
चार इञ्चको जिआई पाइपमा पानी तानिएको लिफ्ट खानेपानीको भर्टिकल हाइट ८१२ मिटर रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्यालले बताए ।
इन्जिनियर सत्यालका अनुसार परीक्षणको रुपमा तानिएको पनि उपभोक्तालाई वितरण गरिएको हो । खानेपानी आयोजना पूर्ण रूपमा सम्पन्न गर्न भने अझै एक वर्ष लाग्ने उनको भनाई छ ।
खानेपानीको चरम अभाव भएकाले परीक्षणको रूपमा झारिएको पानि दैनिक दुई घण्टा उपभोक्तालाई वितरण गर्ने गरिएको छतिवने खानेपानी उपभोक्ता समितिका सचिव ढालविक्रम कार्कीले बताए । सो खानेपानी आयोजनाको लागि खानेपानी तथा सरफाई डिभिजन कार्यालय रामेछापको १७ करोडबाहेक रामेछाप नगरपालिकाले पाइपलाइन विस्तारको लागि २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी रामेछाप नगरपालिका वडा नम्बर ८ ले ३ लाख रुपैयाँ बराबरको पानी तान्ने मोटर सहयोग गरेको वडा न्म्बर–८ का अध्यक्ष केदार कार्कीले बताए ।
भूमिगत ट्यांकी निर्माण गरिएको सुकाजोर खोलादेखि खानेपानी पु¥याएको बस्तीसम्म ३ वटा लिफ्ट रहेका छन् । जसमा एक सय घनमिटरका दुईवटा र दुई सय घनमिटरको एउटा पानी पोखरी रहेको छ ।

प्रतिकृया

Add