नमूनाबन्दै भैसेश्वर जलउभोक्ता समिति

 सोमवार, मंसिर ३, २०७५ | onlinenews
Share this

रामेछापः जिल्लाको मन्थली नगरपालिका–१ को भैसेश्वर जलउपभोक्ता समितिको सत्रौ साधारणसभा सम्पन्नभएको छ ।
साधारणसभामा भैसेश्वर जलउपभोक्ता समिति नमूना हुनुको आधारहरु प्रस्तुत गरिएको थियो । मासिक १० हजार लिटरसम्म पानी प्रयोग गर्ने उपभोक्तालाई निःशूल्क पानीउ पलब्ध गराएर उपभोक्ताको मन जित्न सफल भैंसेश्वर जल उपभोक्ता समितिले भैसेश्वर चोकमा सार्वजनिक धारा सञ्चालन गरेको छ ।
सार्वजनिक धाराबाट भैंसेश्वर प्रहरी बिटमा रहने प्रहरी, स्थानीय, पैदल यात्री तथा दैनिक आवतजावत गर्ने यात्रुलाई समेत सहज भएको छ ।
संस्थाका अध्यक्ष टिकाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठले गरेका थिए ।
साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले भैंसेश्वर जल उपभोक्ता समितिले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
अध्यक्ष श्रेष्ठले समितिको संस्थागत विकासको लागि वडाले जुनसुकै सहयोग गर्नपछि नपर्ने बताए ।
रामेछाप सामुदायिक अस्पतालका अध्यक्ष समेत रहेका श्रेष्ठले भैसेश्वर चोकमा सञ्चालीत सार्वजनिक धाराको थप सुधार स्तरोन्नतीको लागि अस्पतालको तर्फबाट आवश्यक सहयोग गर्ने बचन समेत दिए ।
साधारण सभाले सचिव हेमन्त न्यौपानेद्धारा प्रस्तुत संगठनिक प्रतिवेदन र कोषाध्यक्ष सिताराम कार्कीद्धारा प्रस्तुत ६१ लाख ६६ हजार ८ सय १३ रुपैयाँको आर्थिक प्रतिवेदन पनि सर्बसम्मत पारित गरेको छ ।
साधारणसभाको अवसरमा ७० बर्ष उमेर नाघेका ज्येष्ठ उपभोक्ता केशव सत्याल, युवराज घिमिरे, जयबहादुर कठायत लगायत ५ जनालाई सम्मान गरिएको छ ।
त्यसैगरी समितिलाई निःशूल्क जग्गा प्रदान गर्ने केदारनाथ घिमिरे र हरिकुमार घिमिरेलाई पनि दोसल्ला र करुवा प्रदान गरी सम्मान गरिएको थियो ।
साधारण सभामा नेपाल पत्रकार महासंघका रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरे,मन्थली नगरपालिका–१ का सदस्य रामहरी पौडेल र उपभोक्ता होतराज ढकाल, नरबहादुर थापा, लगायतले जल उपभोक्ता समितिले उल्लेखनीय काम गरी छोटो समयमै उपभोक्ताको मन जित्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

Share this

प्रतिकृया

Add