डब्खा र कोथवेका कृषक समूहलाई कृषि किट प्रदान

 बिहिबार, मंसिर १२, २०७६ | onlinenews
Share this

११ मंसिर, रामेछाप– खाँडादेवी गाउँपालिका–१ कोथवे र वडा नम्बर ३ डब्खामा सञ्चालीत सीमन्तकृत समूहको लागि विपद् पछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रम अन्तर्गत गरिएको कामहरुको निरीक्षण, अनुगमन तथा समीक्षा गरिएको छ ।
एमसीसी नेपालको आर्थिक सहयोग र संस्थागत विकास सञ्जालको समन्वयमा सामुदायिक विकास समाजद्धारा सञ्चालीत परियोजनाले गरेको कामको सार्वजनिक परीक्षण तथा समीक्षा गरिएको हो ।


२०७२ सालको भूकम्पपछि पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको थियो । परियोजनाले आवास पुनर्निर्माणमा प्राविधिक सहयोग, निर्माण सामग्री ढुवानीका लागि अनुदान, सिंचाईको, कृषि अन्तर्गत तरकारी खेत लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले परियोजना अन्तर्गत जिल्लाको ६ स्थानमा रहेको विपन्न माझी समुदायलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।
परियोजना अन्तर्गत सञ्चालीत कार्यक्रममा खाँडादेवि गाउँपालिका–३ डब्खाको माझी समुदायमा, आवस पुननिर्माण, सिञ्चाई, खानेपानी र कृषि गरि १५ लाख ३५ हजार एक सय १८ रुपैयाँ र वडा नम्बर १ कोथवेमा २६ लाख ९३ हजार ६ सय रुपैयाँ खर्च भएको परियोजना संयोजक सुकराम घिसिङले जानकारी दिए ।


कार्यक्रमको अवसरमा डब्खाका सुनकोशी ताजा तरकारी कृषक समूह र जाँगरिलो तरकारी कृषक समूह तथा कोथवेका सुनकोशी कृषक समूह र कालीदेवी कृषक समूहलाई तरकारी राख्ने क्रेट हिसाब राख्ने बहि खाता, डिजीटल तराजु लगायतका कार्यालय सञ्चालनको आवश्यक पर्ने एक सेट कागजपत्रहरु प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिति जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, वडा अध्यक्ष पुष्कर कार्कीले संयुक्त रुपमा किट सामग्री हस्तान्तरण गरेका थिए ।
२०७३ चैत्र महिनाबाट सुरु भएको परियोजना यही मंसिर मसान्तबाट सकिने सामुदायिक विकास समाजले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add