सेनाको जिपमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

 मङ्लबार, मंसिर २४, २०७६ | onlinenews
Share this

२४ मंसिर, रामेछाप– रामेछाप नगरपालिका–८ भंगेरीमा नेपाली सेनाको जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नयाँ गोरखदल गणको ना १ झ १०७० नम्बरको जिप र बा ३९ प ३९४८ नम्बरको मोटरसाइकलमा ठोक्कीदा मोटरसाइकलामा सवार सुनिल घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
मोटरसाईकल चालक घिसिङको ज्यान गएको हो भने मोटरसाइकलमा पछाडि बसेका रामकृष्ण शाही घाइते भएका छन । घाइते शाहीकोे जिल्ला अपताल रामेछापमा उपचार भइरहेको छ । मृतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको प्रहरीले जनाएको छ ।
मृतक घिसिङ र घाइते शाही दुई जना माध्यमिक विद्यालय भंगेरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । मोटरसाकल तीव्र गतिमा भएको कारण अनियन्त्रण भएर नेपाली सेनाको जिपमा टोक्कीन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए ।

Share this

प्रतिकृया

Add