नामाडीका महिलाले निर्माण गरे ३० हजार लिटरको प्लाष्टिक पोखरी

 बिहिबार, पुस १०, २०७६ | onlinenews
Share this

१० पौष, रामेछाप– जिल्लाको गोकुलगंगा गाउँपालिका–५ नामाडीका एक महिला समूहले ३० हजार लिटरको प्लाष्टिक पोखरी निर्माण गरेका छन् ।
सुख्खा समयमा पोखरीमा जमाएको पानीले सिचाई गर्ने, पशु चौपयालाई खुवाउने र यदि आगलागिको विपद् आएको अवस्थामा आगो निभाउन प्रयोग गर्ने उद्देश्यले स्थानीय लालुपाते सामुदायिक संस्थाले प्लाष्टिक पोखरी निर्माण गरेर पानी जमाएको हो ।
पोखरीको नजिकै रहेको जरुवा पानीलाई पोखरीमा जम्मा गरिएको छ । पोखरी नजिकै करिब २० एमएमको पाइप बराबरको जरुवा पानी बगिरहेको छ ।


एडीएच र स्लामिक रिलिफको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास समाजद्धारा सञ्चालित समुदाय र विद्यालयमा आधारित विद्प उत्थानशील अभिबृद्धि परियोजनाको सहजीकरण तथा वडा कार्यालयसँगको समन्वयमा पोखरी निर्माण गरिएको हो ।
पोखरी निर्माणको लागि परियोजनाले ४० हजार रुपैयाँ आर्थिक र प्राविधिक सहयोग गरेको परियोजनाका कार्यक्रम ब्यवस्थापक भोला पाठकले जानकारी दिए । पोखरी निर्माणको लागि स्थानीयको श्रमदान र परियोजनाले दिएको ४० हजार रुपैयाँ सहित ९५ हजार रुपैयाँ लगानी भएको लालुपाते सामुदायिक संस्थाकी अध्यक्ष सावित्री खड्काले जानकारी दिइन ।


पोखरीको संरक्षणको लागि बाँस प्रयोग गरेर घरेबार लगाइएको छ । पोखरीको घेराबारलाई दीगो बनाउने बाँसेको विकल्पमा फलामको ब्यवस्था गरिदिन परियोनामा स्थानीयले महिलाहरुले आग्रह समेत गरेका छन् ।
पोखरीलाई दीगो बनाउन संरक्षणको लागि स्थानीय संस्था लागिरहने भन्दै पोखरीबाट बारीसम्म सिंचाईको लागि पानी लैजान पाइपको अपुग भएकाले सहयोगका लागि परियोजनालाई अनुरोध गरेका छन् ।

Share this

प्रतिकृया

Add