अकोराब रामेछापको संयोजकमा दिपक घिमिरे

 शनिबार, माघ ११, २०७६ | onlinenews
Share this

रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ नेपाल जिल्ला समन्वय समिति रामेछापको संयोजकमा हजुरको रेडियोको स्टेशन म्यानेजर दिपककुमार घिमिरे चयन भएका छन् ।
शुक्रबार आयोजना गरिएको जिल्लाका ४ वटा सामुदायिक रेडियोहरुको भेलाले घिमिरेलाई जिल्ला संयोजकमा चयन गरेको हो । समुदायिक रेडियो प्रसारक संघ नेपालको केन्द्रीय नीति अनुरुप रामेछाप जिल्लमा पनि समन्वय समिति गठन गरिएको हो ।
एक जिल्लामा कम्तीमा ३ वटा समुदायिक रेडियोहरु सञ्चालनमा रहेको जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने केन्द्रको नीति अनुसार रामेछाप जिल्लामा समन्वय समिति गठन भएको हो । जिल्ला समन्वय समितिको सदस्य रेडियोहरुमा हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो कैरन रहेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ नेपाल जिल्ला समन्वय समिति रामेछापको पहिलो बैठकले सदस्य रेडियोहरुले समुदायिक र सामाजिक सवालका विषयहरुमा साझेदारी गरि रेडियो कार्यक्रम उत्पादन र प्रशासरण गर्ने, सदस्य रेडियोमा आवद्ध पत्रकारहरुलाई प्रशिक्षण र तालिम दिने निर्णय गरेको छ ।
त्यसैगरी सदस्य रेडियोहरुको आर्थिक ब्यवस्थापनको लागि संयुक्त रुपमा पहल गर्ने र जिल्लामा रहेका ब्यवसायिक रेडियोहरुसँग पनि सहकार्य गरि अगाडि बढ्ने निर्णय गरेको छ ।

Share this

प्रतिकृया

Add