नवजागरणले दियो विद्यालयलाई कम्प्युटर

 आइतवार, माघ २६, २०७६ | onlinenews
Share this

२६ माघ, रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पठनपाठनलाई प्रविधिसँग जोड्न सहयोग गर्ने उद्देश्यले पशुपति आधारभूत विद्यालय तिल्पुङ्गलाई शुक्रबार एक सेट कम्प्युटर प्रदान गरेको छ । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध शेयर सदस्यहरुको छोराछोरी पढ्ने विद्यालयलाई कम्प्युटर प्रदान गर्दै आएको छ ।
नवजागरण साकोसमा आवद्ध सबैभन्दा धेरै शेयर सदस्यहरुको बालकालिका अध्ययन गर्ने विद्यालयको आधारमा यस वर्ष पशुपति आधारभूत विद्यालय तिल्पुङ्गलाई कम्प्युटर प्रदान गरिएको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रमेश उदासले जानकारी दिए ।


संस्थाको कार्यक्षेत्रभित्र पर्ने विद्यालयलहरु मध्य संस्थाका धेरै शेयर सदस्यहरुको बालबालिका अध्ययन गर्ने विद्यालयलाई संस्थाको मूनाफाबाट वर्षेनी कम्प्युटर प्रदान गर्दै आएको छ । सोही कार्यक्रम अनुसार यस वर्ष पशुपति आधारभूत विद्यालय तिल्पुङ्गलाई प्रदान गरिएको संस्थाले जनाएको छ । नवजागरण सहकारी संस्था लिमिटेड जिल्लाको उत्कृष्ट सहकारी संस्थाहरु मध्यमा पर्दछ ।


नवजागरण साकोसले फ्रि विमा लगायतका शेयर सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थामा आवद्ध शेयर सदस्यको एक लाखसम्मको विमा फ्रि मा गराउने गरेको छ । सदस्यको मृत्यु भएमा मृतकको परिवारलाई विमा वापतको १ लाख रुपैयाँ र संस्थाको तर्फबाट २० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । शेयर सदस्यको परिवारको ब्यक्तिको मृत्यु भएको अवस्थामा पनि साकोसले सहयोग गर्दै आएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका तथा उद्यमी आकर्षिक कार्यक्रमहरु पनि साकोसले सञ्चालन गरिरहेको छ । शेयर सदस्यहरुले बचत गरेको पैसाको प्रत्येक तीन÷तीन महिनामा साकोसले ब्याज दिने गरेको छ । शेयर सदस्यले बचत गरेको पैसाको प्रत्येक तीन महिनामा ब्याज सावामा थपिदिने हुँदा नवजागरण साकोसमा सदस्य बन्नेहरुको आकर्षण बढ्दो रहेको छ । प्रत्येक तीन महिनामा ब्याजलाई पनि सावा बनाएर थप ब्याज दिने सहकारी रामेछापमा नवजागरण साकोस मात्रै हो ।

Share this

प्रतिकृया

Add