ट्राफिक नियम पालना गराउने नयाँ तरिका

 आइतवार, माघ २६, २०७६ | onlinenews
Share this

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालकलाई ट्राफिक नियम पालना गराउनको लागि नयाँ तरिका अपनाएको छ । बजार एरियाहरुमा सवारी साधानको गति सीमित गरि दुर्घटना हुनबाट रोक्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सडकमा ट्राफिकको डमी राखेको छ ।
सदरमुकाममा कार्यरत ट्राफिक प्रहरीको फोटोको डमी बनाएर सडकमा राखिएको हो । बजार एरियाका सडकमा झट्ट हेर्दा ट्राफिक प्रहरी उभिइरहेको जस्तो देखिन्छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई जरिवाना मात्रै गर्दै र ट्राफिक सचेतना र आम नागरिकलाई सम्मान पनि गर्छ भन्ने सन्देश दिन सडकको बीचबीचमा ट्राफिक प्रहरीको फोटको डमी बनाएर राखएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको इञ्चार्ज प्रहरी असई रामेश्वर पाण्डले बताए ।
ट्राफिक नियमलाई कडाईका साथ पालना गराई सडक दुर्घनना न्यूनिकरण गर्ने उद्देश्यले सडकमा डमी राखिएको ट्राफिक प्रहरीले जनाएको छ । मन्थलीस्थित देवकोटा चोकबाट राख्न सुरु गरिएको डमी मन्थली बजारभरी राखिने बताइएको छ ।

Share this

प्रतिकृया

Add