जनसेवालाई केन्द्रमा राखेर काम गर्नेछुः प्रजिअ शर्मा

 आइतवार, माघ २६, २०७६ | onlinenews
Share this

२६ माघ, रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जनसेवालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै हालै रामेछाप आएकी प्रजिअ शर्माले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।
जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्नेे काममा कुनै कमि हुनने पनि प्रजिअ शर्माले बताइन । जिल्लाको जनसेवासँग सम्बन्धित तथा विकास निर्माणको काममा आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रभावकारी बनाउने बताइन ।
हत्या, हिंसा र बलात्कार जस्ता अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न र शान्ति सुरक्षा कायम गर्नको लागि विशेष योजना बनाएर लाग्ने प्रजिअ शर्माले बताएकी छन् । यो वर्षलाई सरकारले पनि लैङ्गिक हिंसा बिरुद्धको अभियान वर्षका रुपमा घोषणा गरेकाले यसलाई सफल पार्ने गरी काम गर्ने पनि उनले बताइन ।
जिल्ला प्रशासन कार्यालयले सम्पादन गर्ने कामलाई प्रभावकारी र सेवाग्राही मैत्री बनाउनको लागि जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाई छ । मसत्य र तथ्यको आधारमा कलम चलाएर समाज नागरिक र प्रशासनबीचमा पुलको काम गरिदिन प्रजिअ शर्माले पत्रकारलाई आग्रह गरिन ।

Share this

प्रतिकृया

Add