सडेको मासु बिक्री गर्ने चार मासु पसलका सञ्चालक पक्राउ

 बुधबार, चैत्र ५, २०७६ | onlinenews
Share this

५ चैत्र, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीका चार वटा मासु पसलका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
मन्थली नगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा सडेको मासु बिक्रीवितरण गरेको फेला परेपछि सडेको मासु बिक्री गर्ने मासु पसलका सञ्चालकहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बिक्रीको लागि पसलमा राखिएको सडेको मासु भने अनुगमन टोलीले बरामत गरेको थियो । पक्राउ पर्नेहरुमा मन्थली नगरपालिका नजिकै रहेको न्यू फेमस कोल्ड स्टोर मन्थलीका सञ्चालक राजु खड्गी, रेडक्रस भवनमा सञ्चालीत मन्थली कोल्ड स्टोरका पशुपति साही, रेसम कोल्ड स्टोरका सञ्चालक उमेश साही र बसपार्क नजिकै रहेको सावित्रा कोल्ड स्टोर मन्थलीका सञ्चालक मखौरे माझी रहेका छन् ।
उनीहरुले आफनो पसलमा अस्वस्थकर मासु बिक्री गरेको बजार अनुगमनका क्रममा फेला परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन ।
मन्थलीमा गरिका बजार अनुगमनका क्रममा पटक–पटक अस्वस्थकर मासु उपभोक्तालाई बिक्री गरेको पाइएको र पटक–पटक सचेत गराउनुका साथै जारिवाना गर्दा समेत सडेको मासु बिक्री गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
कोरोनाको सम्भावित जोखिम र त्यसको हल्लाले बजारमा हुन सक्ने कृतिम अभाव हुन नदिन र बजारको अवस्था अध्ययन गर्न मन्थली नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा एकै पटक, खाद्यन्न, मासु, होटल, फलपूmल, औषधी र कुखुराको दाना पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा अखाद्य बस्नु बिक्री वितरण गर्ने होटल तथा पसलका सञ्चालकहरुलाई पनि दोषको आधारमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add