लकडाउन अवधि थपियो २५ गते राति १२ बजेसम्म कायम रहने

 आइतवार, चैत्र १६, २०७६ | onlinenews
Share this

१६ चैत्र, काठमाडौं– नेपाल सरकारले लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरस (९कोभिड १९) संक्रमणलाई अध्यनजर गरि सरकारले एक हप्ता लकडाउनको अवधि थप गरेहको हो । यस अघि १८ गतेसम्मको लागि लकडाउने घोषणा गरेको नेपाल सरकारले ७ दिन लकडाउनको अवधि थप गरि २५ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको छ ।

लकडाउन घोषणासँगै सरकारले कोरोना भाइरस ९कोभिड–१९० बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

Share this

प्रतिकृया

Add