औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

 सोमवार, चैत्र १७, २०७६ | onlinenews
Share this

१७ चैत्र, रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनका समय थपिएको जानकारी गराउँदै औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम भन्दा बाहेक कुनै पनि ब्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
कोभिड १९ को सम्भावित संक्रमणबाट बच्न, रोकथाम र निमूल गर्न जिल्लाबासीमा संक्रमण हुन नदिन नेपाल सरकारको निर्णय तथा स्थानीय प्रशासन ऐत २०२८ को दफा ५ को उपदथा ३ अनुसार लकडाउनलाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी गराएको हो ।
पहिलो लकडाउनको समय १८ गते विहान ६ बजेट सकिदैछ । नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गर्दै लकडाउनको अवधि १८ गते बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म कायम रहेने जानकारी गराएको छ ।
लकडाउन उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० (संशोधन सहितको) दफा ३ बमोजीम कारबाही गरिने पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add