सामान किन्न जाने ग्राहकको दूरी निर्धारण

 बिहिबार, चैत्र २०, २०७६ | onlinenews
Share this

२० चैत्र, रामेछाप– विश्वलाई नै सन्त्रास बनाइरहेको कोरोना भाइसरबाट सुरक्षित बन्ने उद्देश्यले रामेछाप जिल्लामा दैनिक उपभोग्य बस्तु किनमेल गर्दा दूरी निर्धारण गरिएको छ । खाद्यन्न तथा तरकारी किन्न जाने ब्यक्तिहरुको लागि ३ फिटको दूरीमा रेखा बनाएर दूरी निर्धारण गरिएको हो ।
खाद्य तथा तरकारी पसलहरुमा सामान किन्न जाने ग्राहकको लागि रामेछाप उद्योग बाणिज्य संघले मैदाको पिठो तथा इनामेलले तीन फिटको फरकमा गोलो घेरा बनाएर दूरी निर्धारण गरिदिएको हो ।


जिल्ला प्रशासन कार्यालय रामेछापले खाद्यन्न तथा अत्यावश्यक बस्तु किनबेचको लागि बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म पसलहरु खुलाउने निर्णय गरेपछि उद्योग बाणिज्य संघले किनमेलमा आउने ग्राहकको लागि दूरी निर्धारण गरिदिएको हो ।
सामान किन्न आउने ग्राहकको भिडभाड नहोस्, यदि खोकी लागेमा र हाच्यूँ आएमा पनि अर्को ब्यक्तिलाई नपरोस भन्ने उद्देश्यले दूरी निर्धारण गरिएको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नवराज ढुङ्गेलले बताए ।


ग्राहक र व्यापारि दुवैलाई सुरक्षित गर्ने उद्देश्यले पसलमा सामान किन्न आउने ग्राहकहरुको लागि दूरी निर्धारण गरिएको रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदासले बताए ।
पसलमा सामान किन्न जाने ग्राहकले गोलो घेराको लाइनमा बस्नु पर्ने र एक ब्यक्तिले सामान किनेर बाहिरिएपछि मात्रै अर्को ब्यक्तिले सामान किन्नुपर्ने ब्यवस्था गरिएको छ । ब्यापारिलाई पनि हातमा ग्लोभ लगाएर सामान बिक्री गर्न अनुरोध गरिएको छ ।

Share this

प्रतिकृया

Add