मन्थली नगरपालिकाले छर्कियो २२ हजार लिटर डिसइन्फेक्सन स्प्रे

 बिहिबार, चैत्र २०, २०७६ | onlinenews
Share this

२० चैत्र, रामेछाप– मन्थली नगरपालिकाले मन्थली बजारको मुख्य सडकहरुमा डिसइन्फेकसन स्प्रे छर्किएको छ । बिहीबार मन्थलीको मुख्य सडकहरुमा स्प्रे छर्कने काम भएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
तत्काललाई २२ हजार लिटर पानीमा घोल्न पुग्ने स्प्रे मात्र उपलब्ध भएकाले बिहीबार २२ हजार लिटर स्प्रे छर्किएको नगर–प्रमुख बस्नेतले बताए ।
मन्थली नगरपालिकालाई आवश्यक पर्नेजति स्प्रे नपाइएकाले थप स्प्रेको लागि स्प्रे पाउने ठाउँको खोजीभइरहेको र पाउँन साथ ल्याएर नगरपालिकाका अन्य स्थानहरुमा पनि छर्कने नगर प्रमुख बस्नेतले जानकारी दिए । स्प्रे छर्कने कामलाई नगरपालिकाले निरन्तरता दिने पनि बस्नेतले बताए ।

Share this

प्रतिकृया

Add