नआत्तिन तर सजग रहन वडा अध्यक्ष मगरको वडाबासीमा अपिल

 शुक्रबार, चैत्र २१, २०७६ | onlinenews
Share this

२१ चैत्र, रामेछाप– दोरम्बा गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले वडाबासीलाई कोरोनाबाट धेरै नआत्तिन तर सजग बन्न अपिल गरेका छन् । गौश्वारामा कोरोना संक्रमित ब्यक्ति आएको भन्ने कुराले बडाबासीमा त्रास छाएको भन्दै त्रसित नहुन तर सतर्क रहन अध्यक्ष मगरले वडाबासीमा अनुरोध गरेका हुन् ।
फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती बास बसेको होटलमा काम गर्ने गौश्वारका एक स्थानीय गाउँ आएपछि त्यहाँका स्थानीय निकैनै त्रसित भएका थिए ।
उनलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको छ । क्वारेन्टाइनमा बसेको २ हप्तासम्म उनमा कोरोनाको लक्षण केहीपनि नदिएको भन्दै वडा अध्यक्ष मगरले वडाबासीलाई नआत्तिन आग्रह गरेका हुन् । तर, कोरोना संक्रमण कुनै पनि बेला फैलिन सक्ने भएकाले सतर्क रहन भने स्थानीयलाई आग्रह गरेका छन् ।


कोरोना संक्रमित बास बसेको होटलमा काम गर्ने ब्यक्ति गाउँमा आएको भन्ने हल्लाले वडाबासीमा ठूलो आतंक सिर्जना भएको थियो तर उहाँले काम गरेको होटलमा कोरोना संक्रमित ब्यक्ति नबसेको पाइएको छ । र उहाँमा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षणहरु देखिएको पनि छैन मगरले भने । उहाँमा कोरोना संक्रमण नभएको भए पनि कुनै पनि बेला कोरोना संक्रमण हुन सक्ने भएकाले बाहिरबाट आउने ब्यक्तिहरुसँग सतर्क रहन म वडाबासीमा अपिल गर्न चाहन्छु वडा अध्यक्ष मगरले भने ।
वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द गरिए पनि वडाबासीमा त्रास कम होस् भन्ने उद्देश्यले आपूm वडा कार्यालयमा आएर बस्ने गरेको पनि मगरले बताए ।


वडाले ५ बेडको क्वारेन्टाइस तयारी गरेको समेत अध्यक्ष मगरले जानकारी दिए । भांगेटार स्वास्थ्य इकाइमा २ बेड र पासीबन स्वास्थ्य चौकीमा ३ बेडको क्यारेन्टाइन निर्माण गरिएको भन्दै आवश्यक परे तत्कालै ३० बेडसम्मको क्वारेन्टाइन वडाले ब्यवस्था गर्न सक्ने अध्यक्ष मगरले जानकारी दिए ।

Share this

प्रतिकृया

Add