तामाकोसी अस्पतालमा मृत्यु भएका बृद्धको स्वाब परीक्षणमा नेगेटिभ

 बुधबार, चैत्र २६, २०७६ | onlinenews
Share this

२६ चैत्र, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको बृद्धको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मृतकको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको तामाकोसी अस्पतालका निर्देशक डा.सुमन कमाचार्यले जानकारी दिए ।
ज्वरो आएर उपचारको लागि तामाकोसी अस्पतालमा भर्ना भएका मन्थली नगरपालिका–११ गेलुका ६७ वर्षिय तुलाबहादुर थापा मगरको गएराति मृत्यु भएको थियो । सामाजिक सञ्चाल लगायको विभन्न माध्यममा मगरको मृत्यु कोरोनाको कारण भएको भनि प्रचार भएपछि रामेछापबासीमा ठूलो त्रास फैलिएको थियो ।
मृतक मगरको स्वाब परीक्षणको लागि धुलीखेल अस्पतालमा पठाइएको थियो । स्वाब परीक्षणमा मगरको कोरोनाको कारण नभई अन्य रोगको कारण मृत्यु भएको रिपोर्ट आएको हो ।

Share this

प्रतिकृया

Add