शुक्रबारदेखि खाद्यन्न पसल बिहान खुलाउने प्रशासनको निर्णय

 बिहिबार, चैत्र २७, २०७६ | onlinenews
Share this

२७ चैत्र, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले खाद्यन्न, दूध, तरकारी र ग्याँस डिपो बिहान ६ बजेदेखि ९ बजेसम्म खुलाउने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाहरु स्वास्थ्य औषधी, फार्मेसी, एम्बुलेन्स, शब बाहन, इन्धन, दूरसञ्चार बाहेक खाद्यन्न, तरकारी, दूध र ग्याँस डिपोहरु बिहानको समयमा खुलाउने जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना प्रकाशित गरि जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापको गएको २५ गतेको निर्णयले खाद्यन्न पसलहरु बिहान १० बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पसलहरु सञ्चालन हुँदै आएकोमा दिउसोको भन्दा बिहानको समय उपयुक्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको एक पटक पसल खुलाउने निर्णय गरेको छ ।

 

 

Share this

प्रतिकृया

Add