तामाकोसी नदीमा नदीजन्य बस्तुको ब्यापक दोहन, प्रशासन भने मौन

 मङ्लबार, बैशाख २, २०७७ | onlinenews
Share this

२ वैशाख, रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थली भएर बग्ने तामाकोसी नदीको ब्यापक दोहन भइरहेको छ । मन्थली विमानस्थल निर्माणको लागि भन्दै निर्माण ब्यवसायिले अनधिकृत रुपमा नदीजन्य बस्तुको ब्यापक दोहन गरिरहेका छन् ।
कोराना भाइरसबाट सुरक्षित बन्न भन्दै सरकारले गरेको लकडाउनसँगै केही दिन काम स्थगित भए पनि ठूला आयोजनाहरु सञ्चालन गर्ने सरकारको निर्णयपछि विमानस्थल विस्तारको काम पुनः सुचारु भएको छ ।
काम सुचारु भएपछि निर्माण ब्यवसायिले तामाकोसी नदीमा नदीजन्य बस्तु अनधिकृत रुपमा दोहन गरेका हुन् । लकडाउनको समयमा कसैको पनि ध्यान नपुगेको मौका छोपी निर्माण ब्यवसायिले तामाकोसी नदीमा डोजर लगाएर ढुङ्गा, गिटी र बालुवाजस्ता नदीजन्य बस्तुको उत्खनन गरेका हुन् ।


नदीको किनारबाट एयरपोर्टको सुक्षाको लागि ग्याविन पर्खाल लगाउन सहजताको लागि नदीको बहावलाई दाँया साइटबाट बगाउने र पर्खाल लगाइसकेपछि नदीलाई पुनः साविककै ठाउँबाट बगाउने तर नदीको संरचनालाई विगार्न नपाइले सम्झौता रहेको र सोही अनुसार काम गरिएको निर्माण ब्यवसायि नारायण बोगटीले दावि गरे । ग्याविन पर्खाल लगाउन नदीको बहाव परिवर्तन गरिए पनि नदीजन्य बस्तु उत्खनन् नगरिएको र नदीको प्राकृतिक बनावटमा कुनै किसिमको क्षति नपु¥याइएको बताए ।
निर्माण ब्यवसायिले यस्तो दावि गरिरहँदा नदी कहाबाट बगेको थियो भन्ने चिनोचपेटो समेत नरहने गरि डोजर लगाएर जदीजन्य बस्तुको उत्खनन् गरिएको छ । डोजर नदीको बीचमा लगेर किन खनिएको त भन्ने जिज्ञासामा स्थानीयले नदीको बीचमा रहेको अग्लो भागलाई खारिदिनु भनेकाले डोजर लगेर खनिएको निर्माण ब्यवसायि बोगटीको जवाफ थियो ।


ठेक्का सम्झौता अनुसार एयरपोर्ट विस्तारको लागि आवश्यक ढुङ्गा, गिटी, बालुवा खुर्कोटबाट ल्याउनु पर्ने भए पनि निर्माण ब्यवसायिले मन्थलीस्थित तामाकोसी नदीबाट ढुङ्गा, गिटी र बालुवाजस्ता बस्तु डोजर लगाएर उत्खनन् गरेका हुन् ।
ब्यवसायिले दिनदहाडै नदीजन्य बस्तुको अनधिकृत रुपमा दोहन गरिरहँदा जिल्ला प्रशासन कार्यालय रामेछाप भने मौन बसेको छ । यस विषयमा रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले विमानस्थल विस्तारको काम भएकाले निर्माण कार्यमा सबैले सहजिकरण गर्नुपर्ने बताइन ।


निर्माण ब्यवसायिले नदीको बहाव परिवर्नत गरि डोजर लगाएर नन्दीजन्य बस्तु उत्खनन गरिरहँदा जिल्ला प्रशासन कार्यालय मौन बस्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
नदीजन्य बस्तुको दोहनले तामाकोसी नदी वर्षेनी सुक्दै गएकोमा स्थानीयले चिन्नता ब्यक्त गरेका छन् । २० विर्षको अवधिमा तामाकोसी नदीको सतह आधाभन्दा बढी घटेको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कँडेलले बताए ।
नदी संरक्षण चुनौती बन्दै गएको नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले बताए । प्राकृतिक सम्पदा अहिले जुन अवस्थामा छ त्यही अवस्थामा भावि सन्ततीलाई बुझाउन सक्छौ कि सक्दैनौं भन्ने अहिले चिन्ताको विषय भनेको छ श्रेष्ठले भने ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय मार्फत सञ्चालीत विमानस्थल विस्तार आयोजना कान्छाराम कन्ट्रक्सनले ४ करोड ९८ लाखमा ठेक्का पारेको थियो । विमान स्थलको दुई साइटमा गरि १ सय मिटर लम्बाई बढाउने नदीको साइटमा ग्याविन पर्खाल गाउने, धावन मार्गमा कालोपत्रे गर्ने, जहाज पार्किङ्ग स्थल विस्तार गर्ने र तारजाली लगाउने काम १५ महिनामा सम्पन्न गर्ने गरि गत मंसिरबाट सुरु भएको थियो ।
ताकाकोसी नदीमा रामेछाप जिल्लाका हजारौं मानिस आश्रित छन् । रामेछाप जिल्लाभित्र तामाकोसी नदीमा दर्जनौं लिफ्ट खानेपानी आयोजनाहरु सञ्चालनमा छन् । सिंचाई लिफ्ट आयोजनाहरु मार्फत रामेछापका हजारौं रोपनी खेतीयोग्य जमिनमा सिंचाई भइरहेको छ । नदी दोहनलाई नरोक्ने हो भने अबको केही दशकमा रामेछाप जिल्ला मरुभूमिमा परिणत हुने आवस्था छ । तर यतातिर सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ ।

 

Share this

प्रतिकृया

Add