कोरोनाबाट बच्न नागरिक आफै सचेत बन्न आवश्यक

 आइतवार, बैशाख ७, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


७ वैशाख, रामेछाप– विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्च नेपाल सरकारले लकडाउन गरेको छ । तर नागरिकले अझै लकडाउनलाई केही पनि होइन भन्ने हिसावले हेलचेक्राई गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले अत्यावश्यक खाद्य बस्तु किनबेच गर्न प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र बैंक तथा वित्तीय संस्थाहरुको लागि बिहान ११ बजेदखि दिउसो १ बजेसम्म खुलाउन निर्देशन दिएको छ । सोही अनुसार खाद्य तथा तरकारी पसलहरु र वित्तीय संस्थाहरु खुल्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सामान किन्न पसलमा जाँदा एक ब्यक्तिदेखि अर्को ब्यक्तिबीचको दूरी कम्तीमा दुई मिटरको काय गर्न पनि आग्रह गरेको छ । सामान किन्न आउने ग्राहकको भिडभाड नहोस भनि ब्यापारीहरुले पसलको अगाडि गोलो घेरा बनाए दूरी निर्धारण पनि गरेका छन् । तर निर्धारण गरेको दुरीको पालना भएको पाइदैन ।
पसल खुलेको बेला किनमेल गर्न गाउँने ग्राहकहरुको बाक्लो भिडभाड लाग्ने गरेको छ । सामान किन्न आउने ग्राहकहरु एकैठाउँमा झुम्मिने गरेका छन् । किनमेलमा आउने ग्राहकलाई एकै ठाउँमा झुम्मिदा सुरक्षाकर्मीले हटाउनु पर्नेसम्मको अवस्था आउने गरेको छ । सामान किनमेल गर्दामात्रै होइन, सडकमा हिड्दा समेत मानिसहरुले दूरी कायम गरेको पाइदैन ।
सडकमा एक ब्यक्ति अर्को ब्यक्तिसँग जोडिने गरि सलहजस्तो हिडिरहेका हुन्छन् । लकडाउनको पालना अरुको लागि गरिदिनु परेजस्तो ठानीरहेका छन्, मानिसहरुले । यही प्रक्रिया रहिरहने हो भने रामेछापमा पनि कोरोनाको कारण भयावहको अवस्था नआउला भन्न सकिन्न । लकडाउन अरुको लागि नभई आफ्नै सुरक्षाको लागि हो भनि बुझ्न र नागरिक आफै सचेत हुन आवश्यक छ ।

Share this

प्रतिकृया

Add