आफ्नो जन्म दिन पारेर राहत बाड्न रामेछाप आइपुगे प्रदिप

 सोमवार, बैशाख ८, २०७७ | onlinenews
Share this

८ वैशाख, रामेछाप– कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि खान नपाएर भोकभोकै काठमाडौंका सडक पेटीहरुमा भौतारिइरहेका सयौं जनालाई राहत वितरण गर्नुका साथै दैनिक खाना खुवाउँदै आएका प्रदिप राहत लिएर रामेछापसम्म आइपुगेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर लगायतका ठाउँहरुमा करिब दुई सय जनालाई दैनिक खाना खुवाउँदै आएका प्रदिप सोमबार आफ्नो जन्म दिनको अवसर पारेर आपूm जन्मिएको जिल्ला रामेछापमा राहत बाड्न आएका हुन् ।


जन्म दिनको अवसर पारेर आफ्नो गृह जिल्ला रामेछापमा राहत लिएर आएका प्रदिपले खाँडादेवि गाउँपालिकामा तीन दिनदेखि भोकभाकै परेका १६ जना सडक मजदुर र मन्थलीमा २ जनालाई राहत प्रदान गरेर काठमाडौं फर्किएका छन् ।
प्रदिपले १६ जना सडक मजदुरका लागि १० बोरा चामल, एक कार्टुन खाने तेल, स्वयाविन १० केजी, बेसार आधा केजी, मसला २ केजी, नून १० केजी, खोर्सानी एक प्याकेट, ब्याज ४० केजी, चिनी १० केजी, च्यूरा १० केजी, दाल २० केजी, काउली ४० केजी लगायतका खाद्य सामग्री प्रदान गरेका छन् ।


त्यसैगरी मन्थलीमा एकजना पत्रकार र एकजना मजदुरलाई चामल १÷१ बोरा, चिनी १÷१ केजी, दाल २÷२ केजी, नून १÷१ केजी, तेल १÷१ लिटर र तरकारीको लागि बन्दा प्रदान गरेका छन् । राहत वितरणको लागि प्रदिपसँगै सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बिक्रम घिमिरले लगायत प्रदिपको अभियानका सारथीहरु पनि आएका थिए ।
राहत कुनै संघसंस्था र पार्टीको तर्फबाट नभई ब्यक्तिगत रुपमा पार्टी र संस्था भन्दामाथि उठेर मानविय हिसावले सहयोग गरेको प्रदिप घिमिरेले बताए । लकडाउन ६ महिनासम्म लम्बिए पनि भ्यालीमा दैनिक खाना खुवाउँदै आएका मजदुरहरुलाई नियमित खाना खुवाएर सहयोग गरिरहने पनि उनले बताए ।

Share this

प्रतिकृया

Add